• नयाँ जनप्रतिनिधिहरुका लागि नयाँ घुम्ने कुर्सी र टेबल

    मोरङ ।  मोरङको पथरीशनिश्चरे नगरपालिका लगायत पूर्बी मोरङको जनप्रतिनिधिहरुलाई नयाँ कुर्सी टेबल र सोफासेट तयार भएको छ । 

    पथरीशनिश्चरे नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुले आज (मंगलबार) सफत ग्रहणसँगै कार्यभार सम्हाल्दैछन् । सोमबार मोरङ जिल्ला न्यायधीशले निर्वाचित सम्पूर्ण प्रमुखहरुलाई सफत ग्रहण गराएका छन् । 

    जिल्लाबाट सफल लिएर आएका पथरीशनिश्चरे नगरका नव निर्वाचित नगर प्रमुख मोहन तुम्बापोले आज (मंगलबार) पथरीको सुम्निमा हालमा निर्वाचित उपप्रमुख देबिमाया काफ्ले, वडा अध्यक्षहरु लगायत ५१ जना जनप्रतिनिधिलाई सफत गराउदैछन् । 

    सफत ग्रहणसँगै नव निर्वाचित जनप्रतिधिहरु नयाँ कुर्सी टेबल र सोफासेटसहित कार्यभार सम्हाल्नेछन् । 

    कार्यकक्षमा सेवाग्रही बस्ने नयाँ सोफासेट सहितको नयाँ कुर्सी टेबल लगायतको फर्निचर आयो भन्ने धेरै नव जनप्रतिधिहरुलाई थाहा नहुन पनि सक्छ । तर, कर्मचारीहरुले प्राय हरेक कार्यालयमा पुरानो फर्निचर सेट बिस्थापित गरेर नयाँ जडान गरिसकेका छन् । 

    सोमबार अपरान्ह पथरीशनिश्चरे नगरपालिका पुग्दा केही कर्मचारी धमाधम नयाँ फर्निचर सेट जडान गरिरहेका थिए । नगरमा नव निर्वाचित नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देबिमाया काफ्ले र १० वटै वडा कार्यालयमा घुम्ने कुर्सीसहितको नयाँ फर्निचर सेट जडान भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । 

    पथरीशनिश्चरे नगरका प्रमुख, उपप्रमुख र १० वटा वडामा वडा अध्यक्षहरु लागि अफिस टेबल, कुर्सी, टि टेबल र सोफासेट गरी भ्याट बाहेक १६ लाख ५ हजार ९५० को फर्निचर खरिद भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले बताए । 

    पथरी शनिशनिश्चरेसँगै उर्लाबारी, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका लगायत मोरङका सबै पालिकामा नयाँ फर्निचर सेट खरिद गरिएको बुझिएको छ । 

    नयाँ खरिद गर्नु त ठीकै हो । केही बर्ष अघि मात्र खरिद गरिएको पूर्ण रुपमा काम दिदै गरेको फर्निचर कहाँ जाँदैछ भन्ने प्रस्नमा पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृतले भने पुरानो अपुग रहेको बताए । यद्यपि नगरपालिका र वडा कार्यालयहरुमा जनप्रतिनिधि, कर्मचारी र सेवाग्रही बस्न कतै अभाव देखिएको थिएन । गएको पाँच बर्षमा तीन पटक भन्दा बढी सोही बराबरको रकम दरले फर्निचर खरिद गरिएको एक कर्मचारीले बताए । 

    कतिपय कार्यालयहरुमा पुरानो फर्निचर जथभावि अव्यवस्थित रुपमा थन्क्याइएको पाइन्छ । अहिलेपनि प्रमुख, उपप्रमुख र १० वटा वडाको पुरानो सोफासेट सहितको फर्निचर कहाँ थन्क्याइन्छ हेर्नुपर्ने हुन्छ । 

    नयाँ जनप्रतिनिधिहरु आउनु अघि र पाँच बर्षे कार्यकालमा तीन पटकसम्म फर्निचर फेर्नु आवश्यकता कि फर्निचर खरिदमा कुनै रहस्या छ त्यो भने नगरबासीको लागि विचारनीय बिषय हो । नयाँ गरिद गरिएको फर्निचर ब्यक्तिले र नगर (सरकार)ले खरिद गर्दा मूल्य निक्कै फरक पाइएको छ । 

    नव जनप्रतिनिधिहरुका लागि फर्निचर त खरिद गरियो अब सवारी साधन पुरानै चलाउछन कि नयाँ खरिद गर्छन यो पनि हेर्नुपर्ने हुन्छ । पथरी शनिश्चरेमा नगरपालिकामा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको चढ्ने गाडि छ भने गएको कार्यकालमा हरेक वडा अध्यक्षहरुलाई मोटरसाइकल दिइएको थियो । सोमबार अपरान्हसम्म एउटा बाहेक सबै फिर्ता भएको नगरमा लेखा र स्टोर हेर्दै आएका मिन ठकुरीले बताए । 

    फर्निचर मात्र नयाँ खरिद गरियो कि सवारी साधन पनि खरिद गरिन्छ भन्ने प्रस्नमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले अव आउने कार्यपालिका र नगर सभाले उहाँहरु आफैले निर्णय गर्ने बताए । 

    बिषय पथरीशनिश्चरे नगरपालिका, मोरङ जिल्ला र १ नं. प्रदेशको मात्र होइन । नयाँ जनप्रतिनिधि, नयाँ मन्त्री र कर्मचारी फेरिदा सेटै नयाँ फेर्नुपर्ने संस्कृति आवश्यकता हो कि होइन ? पथरी शनिश्चरेमा त यो पटक मात्र १६ लाखको फर्निचर खरिद भयो । यो संस्कृतिले देशैभर कति खर्च भयो होला ? देश दिनदिदै आर्थिक संकटमा फसिरहेको बेला नयाँ काम दिदादिदैको सोफासेटहरु साइड लगाएर नयाँ किन्नु कतिको सान्दर्भिक छ । 

    नेपालमा संघीय गणतन्त्र स्थापनापछिका जनप्रतिनिधिहरु र विशेषत ब्युरोक्रेसीले पाँच बर्षमा तीन पटकसम्म नयाँ फर्निचर खरिद, नयाँ सवारी साधन, बद्दा सेवा, ढिला सुस्तीको सस्कृतिको अन्त्य गर्नै पर्ने देखिन्छ । 


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…