२०७४ फाल्गुन १८
म्याग्दी ; अखिल क्रान्तिकारी म्याग्दी जिल्लाको बैठक केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षताम सम्पन्न भएको छ |
अखिल क्रान्तिकारी केन्द्रीय सचिव क्षितिज सापकोटा प्रमुख अतिथि र गोबिन्द पौडेल बिसेष अतिथि रहनु भएको वैठकमा माओवादी केन्द्रीय सदस्य कुसल पौडेलको पनि उपस्थिति रहेकको थियो |
बैठकको क्रममा केन्द्रीय सचिव सापकोटा र माके केन्द्रीय सदस्य कुसल पौडेल ले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो |
बैठकमा बोल्दै केन्द्रीय सचिव सापकोटाले एकतातर्फ इंगित गर्दै एकता हुदैमा आँफुहरुको माओबादी गुणमा कुनै परिवर्तन नहुने बताउनुभयो|
सम्बोधनकै क्रममा उँहले माओबादीको विशिष्टता भनेको अन्याय ,लुटतन्त्र र माफियाकरणको बिरुद्धमा जस्तोसुकै हालतमा पनि आवाज बुलन्द गरिरहने हो त्यसैले माफियाकरणका नाइकेहरुलाइ एकतामा बुर्कुसि नमार्न चेतावनी दिनुभयो |