• मोरङ । मोरङको पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिले पथरी शनिश्चरे नगरमा वन निर्वाचित नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई सम्मान गरेको छ । 

    पथरी शनिश्चरेमा नव निर्वाचित नगर प्रमुख मोहन तुम्बापो पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिको संस्थापक अध्यक्ष हुन् । बुधबार अपरान्ह पथरी बहुमुखी क्याम्पसमा सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । 

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देबिमाया काफ्ले, 

    वडा नं. १ अध्यक्ष भिमकुमार राई, २ नं. का नैना राई, ३ का बिजय लिम्बू, ४ को लोकनाथ न्यौपाने वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का लाई सम्मान पत्र, खादा र मायाको चिनो प्रदान गरिएको थिया । 
    त्यसैगरी वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, ८
    को नवीन कार्की, ९ का वीरबहादुर राई र १० नं. वडा अध्यक्ष जीवन खतिवडालाई सम्मान गरेको हो । वडा नं. ६ का अध्यक्ष कृष्णकुमार बस्नेत भने कार्यक्रममा आइपुगेनन् । 

    सम्मान कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतले पथरी बहुमुखी क्याम्पसलाई १ नं. प्रदेशकै प्रविधि मैत्री क्याम्पस बनाउन नगरपालिकाले सहयोग गर्नुपर्ने बिषय राखेका थिए । 
    नव निर्वाचित नगर प्रमुख मोहन तुम्बापोले आफूलाई क्याम्पसको सम्पूर्ण समस्या जानकारी भएको भन्दै नगरको श्रोत साधनले भ्याएसम्म निष्ठाको साथ प्रयास गर्ने बताए । स्थानीय सरकारसँग जनताको अपेक्षा बढी नै हुने भएपनि आफूहरु समस्याहरु समाधान गर्न इमान्दार पूर्बक लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे । 

    क्याम्पस प्रमुख चेतन पौडेलद्वारा सञ्चालन भएको कार्यक्रममा उपप्रमुख देविमाया काफ्ले, क्यम्पसको पूर्व क्याम्पस प्रमुख ताराबहादुर काफ्ले, ४ नं. वडा अध्यक्ष लोककिरण न्यौपाने लगायतले प्रतिबद्धता तथा बधाई शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा क्याम्पस सभा सदस्यसमेत रहेका कानेपोखरीमा नर्वाचित उपाध्यक्ष भोला अधिकारीको उपस्थिति रहेको थियो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन्  नेपा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…