मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा आठ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
नव नर्वाचित कार्यपालिका सदस्यहरुलाई आज (मंगलबार) प्रमाणपत्र वितरणको साथै सफत ग्रहन गराइएको छ ।
आठ जना मध्ये अल्प संख्यक सदस्यमा पदम धिमाल र दलितहरुमा वीरध्वज सिवा (नेपाली) र अन्जना दर्जी मनोनित भएका हुन् ।
त्यसैगरी महिला सदस्यहरुमा सीता दर्जी, कल्पना श्रेष्ठ, तुलशा कार्की, शान्ता योङहाङ र मिना तामाङ कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । नगरमा एमालेको एकल बहुमत भएको कारण सम्पूर्ण कार्यपालिका सोही पार्टीबाट निर्विरोध निर्वाचित भएका हुन् ।
नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत खगेन्द्र सुबेदीले प्रमाण पत्र वितरण गर्नुको साथै नगर प्रमुख मोहन तुम्बापोले सफत ग्रहण गराएका हुन् ।