• २०७४ फाल्गुन १८

    काठमाडौँः राष्ट्रिय जनता पार्टी नेपालका नेता मनिष सुमनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तराई मधेसमा झरे दुर्व्यवहार हुने चेतावनी दिएका छन् ।

    शुक्रबार रिर्पोटर्स क्लबमा बोल्दै नेता सुमानले संविधान नै विभेदपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री मधेस झर्दा अफ्ठेरो पर्ने बताएका हुन ।

    अहिले मधेसको भू–भागमा प्रधानमन्त्री ओली गए त्यहाँ जनतबाट दुर्वव्यवहार हुन सक्छ’  उनले भने  ‘देशको पूरै सुरक्षा फोर्स लिएर गएपनि मधेसमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति हुन सक्दैन ।

    संविधान नै विभेदपूर्ण रहेकाले पहिले यसलाई संशोधन गर्नुपर्नेमा अडानमा आफूहरु रहेको उनको भनाई थियो ।

    राजपा र फोरम दुवै मधेसका स्टेकहोल्डर हुन्, त्यसैले उपेन्द्र यादवले २ बुँदे वा २० बुँदे जे गरेपनि फरक पर्दैन’ उनले भने  ‘या यो सरकारको पुरै शक्ति लगाए पनि संविधान संशोधन नहुन्जेल मधेसमा उपस्थिति हुँदैन ।

    आफूहरुसँग केन्द्रीय सरकारमा जाने जनमत नभएकाले अहिले त्यतातिर बल नगरेको उनले स्पष्ट पारेका छन् ।

    फोरम र राजपा सँगै मिलेर चुनाव लडेकोले जनताले त्यही अनुसारको म्याण्डेट दिए’, उनले भने, ‘हामीलाई मिलेर प्रदेश सरकार चलाउने जनमत दिएका छन्, त्यसैले राजपाले केन्द्रिय राज्यसत्तामा बल गरेको छैन ।

    सुमनले आफूहरुसँग अहिले सरकारले आफूहरुसँग गम्भीर वार्ता नगरेको पनि गुनासो पोखे । ‘हामीसँग खासै त्यस्तो गम्भिर वार्ता भएको छैन’, उनले भने ।

    सुमनले आफूहरुले खोजेको भनेको नै संविधान संशोधन गर्नु भएकोले केन्द्रीय सरकारमा जानेबारे कुनै हतारो नगरेको स्पष्ट पारे ।

    यद्यपि उनले फोरम नेपालले सरकारमा जानको लागि हतारो गरेको आरोप लगाए ।

    उपेन्द्र यादवलाई मधेशको विद्वानको संज्ञा दिँदै उनले ठीक ठीक ढंगले संविधान संशोधन गर्न पहल गर्न सुझाव दिए ।

    संविधानलाई मधेशमैत्री बनाउनुपर्छ, अब ओली सुध्रिएलान भनेर अहिल्यै नै भन्न सकिने अवस्था छैन’, उनले भने ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…