• कार्यक्रम उद्घाटन गर्ने समाजिक बिकास मन्त्री राजन राई र यायोक्खा केन्द्रीय सचिव

    मोरङ । १ नं. प्रदेशका समाजिक बिकास मन्त्री राजन राईले जनताको साथ भएमात्र किरात प्रदेश नाम रहने बताएका छन् । 
    किरात राई यायोक्खा झापाले शनिबार कमल गाउँपालिकाको सितापुरीमा आयोजित साकेला कार्यक्रममा बोल्दे मन्त्री राईले सो कुरा बताएका हुन । असारमा प्रदेशको नाम बारे प्रदेश सभामा छलफलहुने राईले बताए । 
    समाजिक बिकास मन्त्री राईले आफू आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) भूगोल र पहिचानको आधारमा नाम राख्न सहमत भएपनि प्रदेश सभाको शक्ति सन्तुलन त्यस्तो नभएको बताए । 
    प्रदेश सभामा नेकपा (एस), माओवादी केन्द्र, जसपा लगायतका पार्टीहरु किरात नाम राख्न सहमत भएपनि दुई तिहाइ मत नपुग्ने भएकोले परिस्थिति कठिन रहेको उनको भनाइ थियो । 
    यद्यपि संसदमा किरात नाम प्रस्ताव हुने राईले बताए । आफूहरु प्रदेश सभामा भूगोल र पहिचानको आधारमा किरात जोडेर नाम प्रस्ताव गर्ने बताउदै किरात राई यायोक्खाले एमाले, कांग्रेसका नेतृत्वलाई कन्भिन्स, कन्भिन्स नभए चर्को दबाब दिन सुझाव दिए । 
    किरात प्रदेश नाम चाहने जनताले किरात सुन्न नमान्ने पार्टीलाई भोट दिन नछाड्ने प्रवृतिले उत्पीडित समुदायको अधिकार स्थापित हुन समस्या भइरहेको मन्त्री राईले बताए । प्रदेश सभामा किरात नाम प्रस्ताव मात्र गरेर नहुने नाम स्वीकृत हुन संसदलाई आन्दोलनको साथ आवश्यक हुने बताए  । अर्को प्रशंगमा मन्त्री राईले प्रदेश सभाबाट झापा लखनपुरमा स्थागित भएको आदिबासी जनजाति रंगशाला तथा स्मृति पार्कको लागि बजेट छुटाउने प्रतिबद्धता ब्यक्त गरे । 
    कार्यक्रमको बिशिष्ट अतिथि किरात राई यायोक्खा केन्द्रीय सचिव अर्जुन जम्नेली राईले प्रदेशको नाम किरात राख्न दबाब मुलक कार्यक्रमलाई निरन्तर रहेको बताए । किरात एउटा जाति नभएर भूगोल, इतिहास र सभ्यता भएकोले आम प्रदेशबासीको साथ रहेने राईले बताए । किरात यायोक्खा किरात राई समुदायको भाषा, लिपी, संस्कार संस्कृतिको संरक्षण र बिकासमा लागि रहेको बताए । 
    नेपाल आदिबासी जनजाति महासंघको निबर्तमान महासचिव नित्यानन्द ताजपुरियाले १ नं. प्रदेशको नाम किरात राख्न कसैले हिचकिचाउनु नपर्ने बताए । 
    यायोक्खा झापाको अध्यक्ष इन्द्रमान चाम्लिङ राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खा १ नं. प्रदेश संयोजक पारसमणी राई, किरात याक्थुङ चुम्लुङको तर्फबाट धिरेन लावती, यायोक्खा सल्लाहकार सुमित्रा बाङ्देल चेली लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा यायोक्खा केन्द्रीय सदस्य सुशिल राई, पूर्ब केन्द्रीय उपाध्यक्ष बुद्धिबहादुर राई, सदस्य दिपेन बाला राई लगायतको उपस्थिति रहेको कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान पत्र र फेटा गुथेर सम्मान गरेका थिए । कोरोनाको कारण दुई बर्ष स्थागित भएको सितापुरीमा झापाको बिभिन्न पालिका स्तरीय यायोक्खा, सुनसरी, मोरङ र भारतको दार्जेलिङ (बागडुग्रा) गरी २४ साकेला टोलीले नृत्य प्रस्तुत गरेका थिए । 
     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…