• मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शनिबार (जेठ २१) संघ, प्रदेश र स्थानीय तीनै तहमा हुने बजेट निर्माण प्रकृयाबारे अन्तरक्रिया कार्यक्रम भएको छ । 
    भर्जुअल (जुम) मा भएको अन्तरक्रियामा नेपाल सरकारका उपसचिव खिलराज राई, अनिल किराती र कोपिला राईले सहजिकरण गरेका थिए । किरात राई कर्मचारी संघको अध्यक्ष समेत रहेका खिलराज राई राष्ट्रिय योजना आयोग, संघको महासचिव अनिल किराती उदयपुरको कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र संघको सचिवसमेत रहेका कोपिल राई १ नं. प्रदेशको योजना आयोगमा कार्यरत छन् । 

    खिलराज राईले संघ, कोपिला राईले प्रदेश र अनिल किरातीले स्थानी तहमा निर्माणहुने बजेट र बजेट प्रकृया बारे पेपर प्रस्तुत गरेका थिए । 
    बजेट बन्नु अघि नीति, नीति अनुसारको कानून, कानूनको आधारमा योजना, योजनाको आधारमा कार्यक्रम र कार्यक्रम सफल बनाउन बजेट निर्माण हुने सैद्धान्तिक बिषय बारे प्रस्तुत कर्ताहरुले जनाएका थिए । असारसम्म प्रस्तुत हुने बजेट निर्माण प्रकृया माघदेखि सुरु हुने भएकोले जेठको अन्त र असारतिर योजना लिएर जानुको कुनै अर्थ नहुने प्रस्तुत उपसचिवहरुको भनाइ थियो । 
    बजेटभन्दा अघि दीर्घकालिन, अल्पकालिन, बार्षिक नीति, योजना निर्माण तथा पालिका स्तरसम्म कानून निर्माणमा जोड गर्नुपर्ने बताइएको थियो । 
    नेपालमा बजेट तर्जुमाको आधारहरु, बजेटको प्रकार, बजेट तर्जुमाको प्रकृया र कहिले, कुन प्रकारको र कहाँ, कहाँ योजना पेस गर्ने बारे उपसचिव त्रयले सहभागीहरुलाई जानकारी गराएका थिए । 
    किरात राई यायोक्खा कार्यबाहक अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा भएको कार्यक्रममा यायोक्खा केन्द्रीय पदाधिकारी सदस्यहरु, विदेश शाखा, भातृ, भाषिक, जिल्ला र स्थानीय तहसम्मका करिब ७० जना नेता कार्यकर्ताहरु अन्तरक्रियामा सहभागि रहेका थिए । 
    अन्तरक्रिया कार्यक्रम राजनीतिक, सामाजिक ब्यक्तिहरु, नव निर्वाचित जनप्रतिनिधिहरुको लागि लाभदायक र प्रभावकारी भएको यायोक्खा महासचिव जनक राईको प्रतिकृया थियो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१ मा स्थापित आरती बहुउद्देश्यीय सहकारी संस्थाले नियम संगत तरिकाले &lsqu…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…