• २०७४ फाल्गुन १९

    काठमाडौं : एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवबीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने भएको छ ।

    प्रधानमन्त्री ओली दुई पार्टीबीच बाँडफाँटको टुंगो लागेपछि आइतबारै सरकारलाई पूर्णता दिने तयारीमा छन् ।

    फोरमले मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो ।

    यादवले मन्त्रिपरिषद्मा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राख्दै आए पनि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ नदिएको फोरम नेताहरूले बताएका छन् ।

    म दुई-दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ  मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने कारण राख्दै यादवले भनेका छन् ।

    एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने भएकाले आइतबारसम्म सरकारले पूर्णता पाउन सक्ने बताए ।

    उनले भने, ‘संविधान संशोधनमा एमाले ओपन छ ।

    फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकास-निर्माण र जनतासँग सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए ।

    ‘कुन मन्त्रालय भन्ने निश्चित भइसकेको छैन  उनले भने पहिचानका मुद्दा मिलाउनुपर्छ ।

    त्यसलाई व्यवस्थापन गर्न अलिकति समय त लागिहाल्छ ।

    फेरि कसैले कसैमाथि धोका दिने काम गर्नु हुँदैन भन्नेमा ठोस प्रतिबद्धता खोजिएको छ ।

    फोरम र राजपाले १३ महिने मधेस आन्दोलन र सातमहिने नाकाबन्दीका समयमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल मुद्दा उठाएका थिए ।

    तर, अहिले जनमत आफ्नो पक्षमा नआएको र एमालेको विगतको व्यवहारका कारण संविधान संशोधन हुनेमा शंका उब्जिएको फोरम महासचिव रामसहाय यादव बताउँछन् ।

    अहिले जनमत हाम्रो पक्षमा नभएकाले सात प्रदेशको साटो आठ बनाउन सक्दैनौं, प्रदेशको सीमांकन हेरफेर पनि गर्न सक्ने कुरा हुँदैन उनले भने ।

    संविधान संशोधनमा कार्यतालिकासहितको लिखित प्रतिबद्धता आए फोरम सरकारमा सहभागी हुने उनले बताए ।

    संशोधनका लागि कार्यदल गठन गर्नुपर्‍यो र कार्यदलको निर्णयअनुसार संशोधन गर्नुपर्‍यो   उनले भने ।

    फोरमबाट अध्यक्ष यादवको नेतृत्वमा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ  नेता इस्तियाक राई र रेणु यादव मन्त्रीका मुख्य दाबेदार रहेको स्रोत बताउँछ ।

    राजपा महासचिव मनीषकुमार सुमनले भने सत्ता साझेदारीका लागि सरकारले वार्ता नगरेको बताए ।

    राजपाको मुख्य मुद्दा संविधान संशोधन नै भएको जानकारी दिँदै उनले फोरमले सरकारमा जान गरेको हतारोले मधेस मुद्दा ओझेलमा पर्न नहुने धारणा व्यक्त गरे ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समिति लागि तीन जना अध्यक्ष र …

मोरङ । मोरङको पथरीशनिश्चरे—१० स्थित डाँस मोरङ्गी सामदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हरि निरौला …

मोरङ । निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चना…

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…