• लिङ्ग देखायो भन्ने साथ यौन क्रिया वा कार्यसँग बिषय जोडिन्छ । कहिलो काँही बलत्कारको आशायको कुरा आउँदा पुरुषको गुप्ताङ्ग लिङ्गको कुरा आउने गर्छ । तर, मोरङ कानेपोखरीका युवाले यौन क्रिडासँग नभएर पुरुषको भिडमा नै लिङ्ग झिकेर देखाएका छन् । 
    उनले छलफल चलिरहेको बेला समाजकै अगाडि आफ्नो गुप्ताङ्ग लिङ्ग झिकेर देखाएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । 
    पक्राउ पर्नेमा मोरङ कानेपोखरी ४ को ४० बर्षिय राजु चौधरी रहेका छन् । उनले मंगलबार सोही पालिका वडाको नारायण चोकमा छलफल चलिरहेको बेला लुगा खोलेर लिङ्ग निकालेर सार्वजनिक रुपमा देखाएका थिए । छलफलको क्रममा गुप्ताङ्ग प्रदर्शन गरेपछि सहभागी एक जनाले सो कार्यको भिडियो खिचेका थिए । 

    समाचारमा भएको यो तस्वीर दक्षिण कोरियाको लिंग पार्कको हो । 


    भिडियो सहित इलाका प्रहरी कार्यालय पथरीमा सार्वजनिक स्थालमा यौनाङ्ग देखाउन नहुने बिषयमा जाहेरी परेपछि चौधरी पक्राउ परेको हो । 
    मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार १० बर्ष माथि उमेरकाले सार्वजनिक स्थालमा गुप्ताङ्ग देखाउन पाइन्दैन । अपराध संहिता अनुसार सार्वजनिक स्थालमा यौनाङ्ग देखाउन, यौन कार्य गर्न, अश्लिल क्रियाकलाप र बोल्न पाइन्दैन । यस्तो कार्य गरेको ठहर भएमा ६ महिनासम्म कैद र पाँच हजारसम्म जरिवाना वा दुबै सजायहुने ब्यबसथा रहेको छ । 
    घट्ना बिबरण अनुसार छिमेकी रमेश दाहाल खेतमा जाँदै गर्दा चौधरीले अश्लिल शब्दहरु बोल्दै बाटो छेकेका थिए । किन बाटो छेक्छस भन्दा मादक पदार्थ सेवन गरेका चौधरीले म यहाँको डन हुँ भन्दै कुट्ने प्रयास गरेको दाहालको भनाइ छ । 
    सो बिषयमा मंगलबार बिहान छरछिमेकी सहितको छलफल भएको थियो । उक्त छलफलमा पनि राजु चौधरीले अश्लिल शब्द बोल्न नछाडेको दाहेरी पत्रमा उल्लेख छ । सम्झाउदा चित्रबहादुर राईलाई कुटपिट गर्दै समाजलाई आतंकित बनाउनुको साथै तिमिहरुले केही गर्न सक्दैनस भन्दै लुगा खोलेर लिङ्ग देखाइ दिएको रमेश दाहालले बताए । राजुले गरेको सम्पूर्ण हर्कतको भिडियो खिचेर प्रहरीलाई बुझाइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …