• सप्तरी,  जेठमा

    मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारबाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार बिरोध प्रदर्शन गरेका छन् । जिल्लाका बिभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिभिन्न नारा लगाउँदै र्‍याली निकालेका थिए। र्‍याली सडकको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए ।

    जुलुसमा सहभागी पीडितहरूले गैर कानुनी कार्यमा संगलन मिटरब्याजी साह परिवार माथि कारबाही गर, विपन्नलाई बिस्थापित गराउने मिटरब्याजी साह परिवारमाथि कारबाही गर, बलात्कारी रामदेव साह मुर्दाबाद , मिटरब्याजी रामदेव साहलाई पक्राउ गर भन्दै नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

    जुलुसमा राष्ट्रिय यूवासँघपनि पीडितको पक्षमा समर्थन जनाउँदै सहभागी भएका थिए । उनीहरुले पनि न्यायका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर घर भएका मिटर व्याजी साह ठगीधन्दा गरी गाउँबाट भागेर धरानमा बस्दै आएका छन् ।

    पीडितहरूलाई दुःख दिएको बिषयमा विभिन्न संचार माध्यममा समाचार आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउ गरि कार्वाही अघि बढाउन निर्देश दिएका थिए ।
    प्रहरीले उनका छोरा नन्दकिशोर साह र छोरी अनुराधाकुमारी साहलाई पक्राउ गरेपनि मुख्य आरोपित रामदेव साह तथा अन्य आरोपित अझै फरार रहेका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…