• अछाम,  २१ असार

    पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबा६ अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शाहीको हत्या भएकाे दाबी गर्दै हत्यारालाई बचाउन  सरकारी वकिल कार्यालयले भूमिका खेलेको आराेप लगाएका छन् । प्रदर्शनकारीहरूले वकिलकाे कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् ।

    ढुंगा लागेर १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टले बताए । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको छ। जिल्लामा शान्ति सुरक्षा कायम गर्न अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी आएका  छन् ।

    १७ वैशाखमा बेपत्ता भएका शाही २१ असार बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए। उनको हत्या भएकाे भन्दै परिवारले नगरपालिकाका मेयर, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष, जिल्ला समन्वय समितिकी उपसंयोजक, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका एक व्यक्ति उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै अन्य १३ जनाविरुद्ध पनि मृतकका दाजु डम्बर शाहीले किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले किटानी दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी दिएका हुन्।

    मेयरसहित सात जना घटनामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन् । उक्त मुद्दामा प्रहरीले मेयरसहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ। बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ।

    अछामका पाँच राजनीतिक दलहरूले विज्ञप्ती निकाल्दै विनोदको हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै बन्दको आयोजना गरेका छन् । एमाले अछाम जिल्ला कमिटी सचिव भीम रावल, नेकपा माओवादी केन्द्रका आमन्त्रित प्रदेश कमिटी सचिव शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य बमबहादुर रावल, राप्रकाका जिल्ला सदस्य दीपक विष्ट र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य लोकेन्द्रबहादुर शाहीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा दुई दिने यातायात बन्दको आयोजना गरिएको हो।  

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…