• महोत्तरी,  २५ असार

    नदीजन्य वस्तुको चोरी, निकासी रोक्न वडा अध्यक्षले कडा कदम अगाडी बढाएका छन् ।

    नदी, खहरे तथा सामुदायिक वन क्षेत्रमा चोरी निकासी भएको विषयलाई मध्यनजर गर्दै बर्दिबास-३ का वडा अध्यक्ष बिराट विष्टले यथाशक्य रोक्ने जनाएका हुन् ।

    आज वडा सदस्यहरूसहित बसेको बैठकले नदीजन्य वस्तुको चोरी, निकासीलाई कडाइ गर्ने निर्णय गरेको अध्यक्ष विष्टले जानकारी दिए ।

    बर्दिवास-३ मा अहिले पनि ट्याक्टर व्यवसायीहरूले नदीजन्य वस्तु उत्खनन गरी सामुदायिक जंगलमा लुकाएर राखेको पाइएको छ ।

    वडा कार्यालयको उक्त निर्णयलाई सर्वसाधारणहरूले स्वागत गरेका छन् । तर, कार्यान्वयन कतिको प्रभावकारी बन्ला भन्ने प्रश्नको विषय वनेको छ ।

    बर्दिबास-३ मा मात्र अहिले झण्डै दुई दर्जन ट्याक्टर छन् । उनीहरूको कमाइको मुख्य स्रोत नै नदीजन्य वस्तुको निकासी हो । यदि वडा कार्यालयले उक्त निर्णयलाई कार्यान्वयन गरे धेरै ट्याक्टर व्यवसायीहरूको अवैध निकासीमा कमी आउनेछ ।

    बर्दिबास-३ को पुछरतिर दिनभरी नै ट्याक्टर व्यवसायीहरू नदीजन्य वस्तुको ओसारपसार गर्ने गरेको पाइएको छ । रातु नदीको ड्याम सम्म पुगेर क्रसर व्यवसायीहरूले समेत ट्याक्टर उत्खननमा परिचालन गर्ने गरेको स्थानीयहरू बत्ताउँछन् ।

    आजै वडा कार्यालयले बर्दिबास-३ मा रहेका १० वटा सामुदायिक बनलाई उक्त निर्णय तत्काल कार्यान्वयन गर्न पत्र समेत पठाइसकेको वडा कार्यालयले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…