• मोरङ । संघीय गणतन्त्र स्थापना भएपछि दुई वटा स्थानीय तहको निर्वाचनमा पराजित भएपछि माओवादी केन्द्र पथरी शनिश्चरे पार्टी मजबुत बनाउन तीन महिने अभियान चलाउने तयारीमा जुटेको छ । 
    पार्टी नगर समितिले बैशाख ३० गते भएको निर्वाचनको समीक्षा असार १७ गरेको थियो । निर्वाचनमा चार वटा वडा जित्नु पर्ने अवस्था हुँदाहुँदै आप्mनै पार्टीबाट नगर प्रमुखमा उठेका उमेद्वार दिनानाथ तिम्सिना र पार्टी अध्यक्ष चेतन दाहालको कमजोर भूमिकाको कारण पारजित हुनु परेको भन्दै कारबाहीको सिफारिस गरिसकेको छ । 
    चुनावी समीक्षात्मक बैठकले उपाध्यक्ष गोबिन्द कटुवाललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । अध्यक्ष कटुवालको अध्यक्षतामा शनिबार (२६ असार) पार्टी कार्यालयमा बसेको बैठकले पार्टीलाई मजबुत बनाउन पार्टीको वडा, भातृ संगठनहरुको भेला, बैठक, प्रशिक्षणसहित संगठनहरुको गठन, पुनर गठनसहितको ३ महिने पार्टी सुदृढीकरण कार्यक्रम ल्याउने तयारी भइरहेको नगर सचिव मोहन लिम्बूले बताए । 
    शनिबारको बैठकमा पार्टीको बैकल्पिक केन्द्रीय सदस्य लालबहादुर मगर, प्रदेश समितिसदस्य रञ्जु कटुवाल, किराती मोर्चाको केन्द्रीय महासचिव अर्जुन जम्नेली, शिव तिम्सिना, सह इन्चार्ज नेत्र पोखरेल (विशाल), खेमनाथ ढुङ्गेल, उपाध्यक्ष कमल हाङबाङ लगायतको स्थापित नेताहरु र पदाधिकारी बैठकले पार्टी निर्माणको लागि अभियान चलाउने बारे छलफल भएको थियो । 
    बैठकले नगरमा रहेका जनयुद्धकालीन सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्ने, माओवादी तत्कालीन नेतृत्वको प्रवृतिप्रति असहमति राखेर पार्टी छाडेका नेता कार्यकर्ताहरुसँग भेटघाट, युवा, विद्यार्थी, महिला, मजदुर, किसान लगायतको भातृ संगठनहरुलाई क्रियाशिल गर्ने, वैचारिक तथा सांगठानि प्रशिक्षण चलाउने, सदस्यहरुबाट लेबि ब्यबस्थित गर्ने लगातको निर्णय भएको छ । 
    पार्टीलाई गति प्रदान गर्न र परिचालको लागि नगरमा नगर भूगोलमा रहेका नेताहरु रहने गरीउच्च स्तरीय कमाण्ड गठन गर्ने, नगरपालिकामा चल्दै आएको साना ठूला आयोजना तथा बिकास निर्माणको निगरानी, कमिसन, भ्रष्ट्रचारको अन्त्य, नगरपालिका, सुरक्षा सम्बन्धी कार्यालय, पथरी अस्पताल लगायतका सरकारी कार्यालायहरुमा सुशासन कायम गर्न निगरानी र गतल कार्य भएको पाइए भण्डाफोर अभियान चलाउने, भूमिहिन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन प्रकृयामा सहयोग गर्ने लगायतको निर्णय भएको अध्यक्ष गोबिन्द कटुवालले बताए । 


    पार्टीलाई संस्थागत बिकास गर्दै यी सम्पूर्ण कार्यक्रम नगरपालिकाको साउनको पहिलो हप्ता बस्नेत पूर्ण बैठकले निर्णय गरेर कार्यान्वयनमा जाने बताए । नगरपालिकाको संमृद्धिको लागि नेपाली कांग्रेस, नेकपा (एस), जसपा लगायतको पार्टीहरुसँग समन्वय र सहकार्यमा रचनात्मक प्रतिपक्षीको भूमिका निर्बाहको लागि छलफल अघि बढाउने तयारी रहेको सो पार्टीले जनाएको छ । 
    पहिलो संविधानको निर्वाचनमा तत्कालीन एमाले केन्द्रीय नेता भरतमोहन अधिकारीलाई माओवादीका लालबहादुर सुस्लिङले पराजित गरेका थिए । त्यस यता पार्टी नै ब्यक्ति जस्तो गरेर संस्थागत नभएपछि पार्टी संगठनात्मक रुपमा बलियो भएपनि जनताले बिश्वास नगरेपछि भोट कम आएको माओवादी केन्द्र नगर समितिले ठहर गर्दै अवस्था सुधारको लागि निरन्तर जनतासँग माओवादी अभियान चलाउने निर्णय भएको बताइएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…