• मोरङ । नेपाल आदिवासी जनजाती महासंघले केन्द्रीय समितिले प्रदेश नं.१ को नाम पहिचानका आधारमा राख्न प्रदेश सभालाई आग्रह गर्दै जनताको भावन बिपरित नाम राखिए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ । 
    महासंघको अध्यक्ष गेल्जे लामा शेर्पाले आज (सोमबार) विज्ञप्ति प्रकाशन गरी सो चेतावनी दिएको हो । 
    प्रदेश सभाको पहिलो निर्वाचन भएको ५ वर्षे अवधिको अन्तिमसम्म आइपुग्दासमेत प्रदेश को नामाकरण नहुनु आफैमा दुःखद कुरा भएको उल्लेख गर्दै पहिचानको आधारमा नाम राख्नु विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । 
    प्रदेश नं. १ को नाम ऐतिहासिक थाकथलो, भाषा, संस्कृति, सभ्यताको पहिचानलाई सम्बोधन हुने गरी नाम राख्न प्रदेशसभाका सदस्यहरु, राजनीतिक दलका नेता,कार्यकर्ताहरु एवम् समाजिक सांस्कृतिक अभियन्ता, जातिय संगठनका अगुवाहरुलाई महासंघले अपिल गरेको छ । 
    सञ्चार माध्यमहरुमा नामको सन्दर्भमा संघीयताको मर्म विपरित षडयन्त्रपूर्ण ढंगबाट बिभिन्न ब्यक्तिहरुको अभिव्यक्ति आइरहेको प्रति महासंघले भत्र्सना गरेको छ । 
    पहिचानको आधारमा नाम राख्न आवश्यक परे नेपाल आदिवासी जनजाति महासंघको साथ सहयोग र समर्थन रहने उल्लेख छ । 
    नामको सन्दर्भमा आदिवासी जनजातिको अपेक्षा र अनुरोधलाई बेवास्ता गरी पहिचानको मूल भावनालाई सम्बोधन नगरी नाम राख्ने दुश्प्रयास भए त्यसको बिरुद्ध महासंघले सशक्त र निर्णायक आन्दोलन जाने चेतावनी समेत दिएको छ ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…