• मोरङ । प्रदेश नं. १ को नाम किरात राख्न निरन्तर दबाब दिदै आएका किरात राई यायोक्खाले निर्णायक आन्दोलनको तयारी गर्दै संघर्षमा उत्रिन प्रदेशबासीसँग आव्हान गरेको छ । 
    प्रदेश १ को नाम राख्न मुख्यमन्त्री राजेन्द्रकुमार राई, अर्थमन्त्री इन्द्र आङ्बो, स्वास्थ्य मन्त्री जयराम यादब, एमालेका हिक्मत कार्की र कांग्रेस संसदीय दलका नेता राजिव कोइराला लगायत छलफलमा लागेको समाचारहरु बाहिरिएपछि यायोक्खा केन्द्रीय समिति पुन आन्दोलनको तयारीमा लागेको हो । 
    किरात राई यायोक्खा राई समुदायको साझा सामाजिक संस्था हो । दबाब समूहको रुपमा यायोक्खाले प्रदेश १ को नाम साझा पहिचानको आधारमा किरात राख्न प्रस्ताव गर्दै निरन्तर दबाब दिदै आएको छ । 
    किरात शब्द एउटा मात्र जात नभएर इतिहास, भूगोल, संस्कृति र सभ्यता भएकोले यो नाम राख्दा लोकतान्त्रिक आन्दोलन र संघीय गणतन्त्रात्मक संविधानको मर्म र भावना समेटिने यायोक्खाको तर्क छ । 
    यही तथ्यलाई स्वीकार्न यायोक्खाले १ नं. प्रदेश सरकार प्रमुख, सभामुख, सभा सदस्यहरु, राजनीतिक पार्टी, संसदीय दलका नेताहरुसँग दर्जनौ पटक भेटेर बिषय प्रष्ट्याउदै आएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए । 
    यही वीचमा २५ लाख हस्ताक्षर संकलन गरेर बुझाउनुको साथै मोटरसाइकल ¥याली, आमसभा, जुलुस दर्जनौ पटक गर्दै आएको छ । यही सन्दर्भमा राजनीतिक दलका नेताहरु प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा, उपेन्द्र यादव लगायतका नेताहरुसँग भेटेर किरात नाम राख्न आग्रह गरिसकेको छ । 
    प्रदेश सभाको यही अधिवेशनले प्रदेशको नाम राख्ने तयारी थालेपछि यायोक्खाले आगामी साउन पहिलो साता बृहत मोटरसाइकल ¥यालीसहित बिराटनगर पुगेर मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ गर्ने तयारी भइरहेको महासचिव जनक राईले बताए । 
    राजनीतिक दलहरुको बैठकमा माओवादी केन्द्र र नेकपा (एस)ले किरात, एमालेले कोशी र कांग्रेसले सप्तकोशी प्रस्ताव गरेको प्रचारमा आएको छ । दलहरुले नामको छलफल थालेपछि यायोक्खा निर्णायक आन्दोलनको तयारी गर्दै आन्दोलनमा जुट्न आम प्रदेशबासीलाई आव्हान गरेको छ । 
    प्रदेश सभा घेराउ, जनप्रदर्शन, भेटघाटको साथै आउने निर्वाचन र निर्वाचनपछि नाम नराखेसम्म निर्णायक आन्दोलनको रुपमा लाने तयारी भएको यायोक्खा श्रोतले बतायो । यायोक्खा जनजाति महासंघ, आन्दोलनको घोषणा गरिसकेको ३१ वटा संगठन सम्मिलित लिम्बुवान किरात संघर्ष समितिसँग पनि छलफल भइरहेको अध्यक्ष दिबस राईले बताए । 
    किरातमा किरात कोशी, किरात शब्तकोशी राख्दा सबै पक्षको भावना समेटिने भएपनि केही समूह महेन्द्रले प्रशासनिक बिभाजन गरेको कोशी मा मात्र केन्द्रीत हुन चाहे त्यस्ता षड्यान्त्र गर्ने ब्यक्ति र समूहलाई आउने निर्वाचनमा भोट नदिन संस्थागत आव्हान समेत गर्नसक्ने यायोक्खाको चेतावनी छ । कार्यक्रम केही दिनपछि पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक हुने महासचिव जनक राईले बताए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…