• पोखरा,  २८  असार

    वैज्ञानिक महावीर पुन गण्डकी प्रदेश रत्नबाट सम्मानित भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले साेमबार पुनलाई गण्डकी रत्नबाट सम्मान गरेका हुन् ।

    गण्डकी प्रदेश सरकारले चौथो वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गर्ने निर्णय गरेको थियो । ४ फागुनमा गर्ने भनिएको सम्मान पुन नेपालमा नरहेका कारण स्थगित भएर सोमबार गरिएको हो ।

    गण्डकी रत्नबाट विभूषित व्यक्तिका लागि सार्वजनिक कार्यक्रममा प्रदेश सांसद सरहको मर्यादाक्रम निर्धारण गरिएको छ । प्रदेशभित्रका सरकारी अस्पतालमा नि:शुल्क उपचार, विमानस्थलको भिआइपी कक्ष प्रयोग, सरकारले सञ्चालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै जिम्मा लिने गरी कार्यविधि बनाइएको छ ।

    प्रदेश प्रमुख गुरुङले महावीरले गरेको आविष्कारको उच्च प्रशंसार गरे । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खोज र अनुसन्धानका लागि प्रदेश सरकारको प्राथमिकता बढेको र आविष्कार केन्द्रसँग पनि सरकारले सहकार्य गर्ने बताए । गण्डकी सरकारले आगामी वर्षका लागि आविष्कारका क्षेत्रमा १० करोड विनियोजन गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…