• पोखरा,  २८ असार

    प्रदेश सरकारले राज्यकोष मन्त्री र नेताका बा–आमाका नाममा खुलेका प्रतिष्ठान र संस्थामा बाढेपछि चौतर्फी आलोचना भैरहेको छ । यही क्रममा एमालेनिकट अनेरास्ववियूले साेमबार पोखरामा अनौठो विरोध प्रदर्शन गर्‍यो ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको मुकुण्डो लगाएर उनीहरू सडकमै माग्न बसे । ट्रष्टलाई सहयोग गर्ने भन्दै व्यांग्यात्मक रुपमा एक रुपैयाँ उठाउन थालेको अनेरास्ववियूका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलले बताए ।

    अनेरास्ववियुले पोखरा-७ रत्नचोकबाट उक्त अभियान सुरु गरेको हो । यसलाई पोखराका विभिन्न चोक र जिल्ला जिल्लामा विस्तार गर्ने पौडेलको भनाइ छ । मुख्यमन्त्री पोखरेलका बाबु गोवर्धन शर्माको नाममा ५० लाख, मन्त्री श्रेष्ठका बाबु पुननारायण र आमा धनकुमारीको नाममा खुलेको ट्रष्टमा दुई शीर्षकबाट एक करोड विनियोजन भएको थियो । यस्तै, विभिन्न पार्टीमा आवद्ध व्यक्ति तथा संस्थालाई १० करोडभन्दा धेरै रकम विनियोजन गरिएको छ ।

    उक्त कार्यको विरोध गर्दै अनेरास्ववियूले नौलो विरोध शैली अपनाएकाे हाे । विरोधपछि मुख्यमन्त्री पोखरेलको सचिवालयले  विज्ञप्ती जारी गरी उक्त बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्च गर्न मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।

    त्यसअघि नै मन्त्री श्रेष्ठले उक्त रकम आफूले नलिने घोषणा गरे । सांसद पियारी थापाले खोलेको संस्थामा पनि हालसम्म गण्डकी सरकारले ६० लाख खर्च गरिसकेको छ भने आगामी वर्षका लागि थप ७० लाख छुट्याइएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…