• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पथरी बजारमा राखिएको सीसी क्यामेरा मर्मत नहुँदा साँझ पख पैसा बोकेको झोला तथा गरगहना थुतेर (चोरेर) भाग्ने क्रम रोकिएको छैन भने पत्ता लगाउन समस्या भइरहेको छ । 
    मंगलबार साँझ ८ बजे गोमाकुमारी नेपाल र पति पुन्यप्रसाद नेपाल स्थानीय नर्वदेश्वर मन्दीरबाट घर आइपुग्न लाग्दा मोटरसाइकलमा आएका ब्यक्तिले नेपालको हातमा रहेको झोला खोसेर फरार भएको इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको छ । 
    चालु मोटरसाइकलबाटै हातमा रहेको झोला तानेर फरार भएको निबेदक पुन्यप्रसाद नेपालले बताए । झोलामा एक हजार नगद र ८५ हजार पर्ने चलाउदै गरेको आइफोन सेट रहेको नेपालले बताए । साँझ परेकोले ती ब्यक्तिलाई चिन्न नसकेको र उनले चलाएको मोटरसाइकलको नं. समेत टिप्न नभ्याएको बताए । 
    नेपाल परिवारले झोलामा रहेको आइफोन चोर पत्ता लगाएर सामान फिर्ताको साथै चोरलाई कारबाही गर्न इलाका प्रहरी कार्यालय पथरीलाई अनुरोध गरेका छन् । 
    यसरी झोला तानेर भाग्ने घट्ना पथरीमा पहिलो होइन । चालु मोटरसाइकलमा आएर ब्यापारीको पैसा बोकेको झोला, लगाइराखेको सुनको सिक्री यसैगरी पटक पटक चोरी हुने गरेको छ । यसरी चोरी गरेर लगेको समान हालसम्म पत्ता लाग्न सकेको छैन । 
    साँझपख चालु मोटरसाइकलबाट नगद, गहना लगायतको सामान थुत्ने चोर पत्ता नलाग्नुमा पथरी बजारमा राखिएको सीसी क्यामेराले काम नगर्नु पनि हो । 
    पथरी बजारलाई सुरक्षित राख्ने उदेश्यले नगरपालिकाकै खर्चमा २०७७ पुसमा १८ वटा सिसि क्यामरा जडान गरिएको थियो । बजार पुरै सुरक्षित गर्ने उदेश्यले राखिएको सिसि क्यामेराको कन्ट्रोल (मनिटर) इलाका प्रहरी कार्यालयमा राखिएको छ । सीसी क्यामेरा राखिएको एक बर्ष नपुगि क्यामेराले काम गर्न छाडेको प्रहरीको भनाइ छ । 
    पथरीको मुन्दुम चौक (पुरानो पिपल), यलम्बर, रत्न चोक, बुद्ध चोक, पशुपति चोक, फिल्महल लाइनमा दुई वटाको दरले, शिखर, हनुमान, अन्नपूर्ण, सुनाखरी, सनम चोक र मन्दिरलाइनमा एक एक वटा गरी बजारमा १८ वटा सिसि क्यामरा राखिएपनि हाल एउटै क्यामराले काम नगरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । 
    सिसि क्यामरा र क्यामरा लगिएको तार कम गुणस्तरको भएको कारण एक बर्ष नपुग्दै काम नदिने हालतमा पुगेको बुझिएको छ । सिसि क्यामरा मर्मतमा नगरपालिकाले समेत वास्ता नगर्दा चोरी तथा दुर्घट्नाको दोषि पत्ता लगाउने कुरामा समस्या भएको बुझिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…