• महोत्तरी, ३० असार 

    बर्दिबास नगरपालिकाले  नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आउँँदाे १ साउनदेखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयका करारमा कार्यरत कर्मचारी हटाउन लागेको हो ।

    अत्यावश्यकबाहेकका कर्मचारी हटाउने उल्लेख गरे पनि नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाइ हाजिर नगराउन निर्देशनसमेत दिइसकेको छ ।

    `कार्यसम्पादनमा बाधा नपुग्नेगरी सबै कर्मचारी त हैन केही कर्मचारी हटाउने निर्णय गरेका छौँ,´ नगरपालिकाका प्रवक्ता विजय महतोले भने ।

    अघिल्लो सरकारले करारमा नियुक्त गरेका ६२ जना शिक्षकको विषयमा भने निर्णय आउन बाँकी छ । `बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगो लगाउँछौँ,´ प्रवक्ता  महतोले भने ।

    नगरपालिकाका सूचना अधिकारी सोम फुयालका अनुसार विद्यालयका शिक्षकबाहेक अहिले नगरभित्र लगभग ५० को हाराहारीमा कर्मचारीहरू करारमा काम गर्दै आएका छन ।

    कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि नगरवासीको मिश्रित प्रतिक्रिया आएका छन् । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकाश गर्न खोजेको कतिपयको आरोप छ भने कतिपयले नगरको निर्णयलाई स्वागत गरेका छन् ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…