• मोरङ । प्रदेश नं. १ को नाम किरात राख्न दबाब दिन किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा साउन २ गते प्रदेश सभा र मुख्यमन्त्रीको कार्यालय घेराउ गर्ने भएको छ । 

    किरात राई यायोक्खा राई समुदायको साझा समाजिक संस्था हो । यायोक्खाले प्रदेशको नाम किरात राख्न करिब दुई दशक अघिदेखि निरन्तर जनधार निर्माणको साथै सभा, जुलुस, भेटघाट गरेर किरात प्रदेश बारे लबिङ गर्दै आएको छ । 

    पछिल्लो समयमा १ नं. प्रदेश सरकार र राजनीतिक दलका नेताहरु प्रदेशको नाम राख्न छलफल थालेपछि किरात राई यायोक्खा दबाब मुलक कार्यक्रम घोषणा गरेको छ । 
    किरात राई यायोक्खा केन्द्रीय समितिको अध्यक्ष दिबस राईको उपस्थितिमा बिहिबार (असार ३०) सुनसरीको धरानमा पत्रकार सम्मेलनको आयोजना गरी साउन २ गते बृहत मोटरसाइकल ¥यालीको साथ राजधानी बिराटनगर पुगेर प्रदेश सभा र मुख्यमन्त्री राजेन्द्रकुमार राईको कार्यालय घेराउपछि कोण सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । किरात प्रदेश साझा पहिचान भएकोले मोटरसाइकल ¥याली र घेराउ कार्यक्रममा सहभागिताको लागि आम जनतालाई सहभागि हुन यायोक्खा केन्द्रीय अध्यक्ष दिबस राईले आव्हान गरेका छन् । 

    प्रदेश सभा घेराउ पछि मुख्यमन्त्री, सभामुख, बिभिन्न पार्टीका संसदीय दलका नेता, प्रदेश सभा सदस्य र लेखक, पत्रकार, बिश्लेसकहरुको उपस्थितिमा ३ गते यायोक्खाद्वारा प्रकाशित किरात सभ्यता नामक पुस्तक सार्वजनिक गरिने पत्रकार सम्मेलनमा वितरित प्रेस बिज्ञप्तिमा उल्लेख छ । 

     

    प्रदेशको नाम किरात राख्न यायोक्खा असार १५ गतेदेखि मातहतका जिल्लाहरुमा बैठक, भेला, बिभिन्न पार्टीका नेताहरुसँग भेटघाट भइरहेको बिज्ञप्तिमा उल्लेख छ । यायोक्खा विभिन्न सामाजिक संगठन, जातीय संस्था, नागरिक समाज र पहिचान चाहने राजनीतिक दलहरुसँग भेटघाट गरी आन्दोलनमा सहकार्यको लागि वार्ता, छलफल भइरहेको उल्लेख छ । 

    यायोक्खाले नेपालको संविधान २०७२ को संविधानको भावना अनुसार किरात प्रदेश नाम राखिनु पर्ने उल्लेख छ । नेपालको इतिहासको लामो कालखण्डमा वल्लो किरात, माझ किरात र पल्लो किरात रहेको उल्लेख गर्दै बिभिन्न ब्यक्ति तथा राजनीतिक दल भित्रका समूहले संविधानको भावना बिपरित प्रदेशको नाम कोशी र सप्तकोशी प्रस्ताव गरिएको प्रति बिज्ञप्ति मार्फत गम्भीर ध्यानाकर्षण गर्दै घोर भत्र्सना गरिएको छ । 

    प्रदेशको नामकरणको सन्भर्दमा शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमलदाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, उपेन्द्र यादब, रामचन्द्र पौडेल, शशांक कोइराला, अशोककुमार राई, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङ, योगेश भट्टराई लगायतलाई पटक पटक ध्यानाकर्षण गराइएको उल्लेख छ । 

    त्यसैगरी प्रदेशको पूर्व मुख्यमन्त्री शेरधन राई, भीम आचार्य, बर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख, संसदीय दलका नेता, सांसदहरुलाई पटकपटक भेटेर ज्ञापन पत्र बुझाएका छन् । यायोक्खाकै अगुवाइमा २५ लाख हस्ताक्षर संकलन गरी बुझाएको उल्लेख छ । 

    ध्यान आकर्षण गराउदा गराउदै, बिषय बुझाउदा बुझाउदै जबरजस्ति पहिचान बिरोधी नाम ल्याइए प्रदेश १ मा सोचे भन्दा गम्भीर परिस्थिति आउन सक्ने यायोक्खाले चेतावनी दिएको छ ।

    पत्रकार सम्मेलनमा यायोक्खा केन्द्रीय अध्यक्ष दिबस राई, उपाध्यक्ष तिलकप्रसाद राई, सचिबहरु अर्जुन जम्नेली राई, दोर्पध्वज राई, प्रदेश समिति अध्यक्ष पारशमणी राई, माओवादी नेता समेतरहेका संविधान सभा सदस्य किरण राई, किरात राई प्रज्ञ परिषद सदस्य डा. तारामणी राई पत्रकार सम्मेलनमा उपस्थित रहेका थिए । 

    त्यसैगरी सुनसरी जिल्ला अध्यक्ष राजेन्द्र राई, मोरङ जिल्ला अध्यक्ष नरहाङ राई, झापा जिल्ला अध्यक्ष इन्द्रमान राई, धनकुटा जिल्ला अध्यक्ष नगेन्द्र राई, उदयपुर जिल्लाका कार्यबाहक अध्यक्ष नवीन राई, केन्द्रीय सदस्यहरु नागेशचन्द्र राई, कमला राई, बिमला राई, शुसिलकुमार राई, बिशाल राई, झापा, मोरङ र सुनसरी जिल्ला र नगर तथा गाउँपालिका पदाधिकारी सदस्यहरु समेत पत्रकार सम्मेलनमा उपस्थित रहेका थिए । पत्रकार सम्मेलनपछि उपलब्ध केन्द्रीय समिति, जिल्ला र पालिका स्तरीय पदाधिकारी, सदस्यहरुको अन्तरक्रियात्मक बैठक बसी आन्दोलनलाई प्रभावकारी बनाउने बारे छलफल भएको थियो। 

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…