• मोरङ । नेपाली कांग्रेस सम्बद्ध कार्यकर्ताहरुले १ नं. प्रदेशको नाम ‘लिम्बुवान, किरात’ राख्न पार्टीलाई दबाब दिने भएको छ । 
    बिहिबार (असार ३०) गते मोरङको पथरी शनिश्चरे स्थित सिरिजंगा धार्मिक वनमा भेला भएका नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रदेशको नाम लिम्बुवान, किरात राख्न पार्टी र नेतृत्वलाई दबाब दिने निर्णय गरेको छ । 
    कांग्रेसका सक्रिय कार्यकर्ता सन्तोष सेरेङ, मौसम लिम्बू, बिकास मगरको संयोजनमा कार्यकर्ता भेटघाट गरी प्रदेश १ को नाम लिम्बुवान, किरात राख्न दबाब दिने निर्णय भएको हो । 
    पथरीशनिश्चरे नगरपालिका संघको मोरङ ३ र प्रदेश (क) क्षेत्र नम्बर पर्दछ । यस क्षेत्रबाट प्रदेश सभा सदस्यमा सुयर्माराज राईले प्रत्यक्ष जितेका थिए । राई हाल कांग्रेसको प्रदेश सभामा पार्टीको तर्फबाट सचेतक रहेका छन् । राईले केही दिन अघि प्रदेशको नाम सप्तकोशी राखिनु पर्ने गरेको प्रस्ताब बिभिन्न मिडियामा आएपछि सोही क्षेत्रका आफ्नै  कार्यकर्ताहरु रुष्ट भएका छन् । 
    बिषेशगरी लिम्बुवान पृष्टभूमिबाट कांग्रेसमा आएर राजनीतिक गर्दै आएका नेता कार्यकर्ताहरु सुयर्माराज राईको अभिब्यक्ति प्रति समाजिक संजालहरुमा कडा टिप्नी गर्दै आएका छन् । कांग्रेसको राजनीति गरेपनि पहिचानको मुद्धा नछाडिने र प्रदेशबासीको भावना वितपरित बोल्ने नेतृत्वलाई सचेत रहन चेतावनी दिदै आएका छन् । 
    पथरीमा भेला भएका कार्यकर्ताहरुले प्रदेश सभा सदस्य सुयर्माराज राईले पहिचन बिरोधी खेमाको डिजाइनमा प्रयोग भएको र आफ्नो कुरा राख्न नसकेर कायरता प्रर्दशन गरेको टिप्पनी गरेका छन् । प्रदेश सभामा पहिचान, संघीयता, समानुपातिक, समावेशी राज्य ब्यबस्था बिरोधी बिषय बोलेर आउने निर्वाचनमा गाउँ आए जनताले भाटे कारबाही हान्ने सम्मको कार्यकर्ताहरुको चेतावनी थियो । 
    कांग्रेस कार्यकर्ताहरुले पार्टीले पहिचानको मुद्धालाई स्वीकार गर्नुको बिकल्प नरहेको भन्दै प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान, किरात राख्न अपिल समेत गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…