• बुटवल, २ साउन 
    बुटवलका डिएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिएपछि आलोचना भएको छ ।

    वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिएदिएर ठिएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डिएसपीलाई कडा कारवाही होस्,’ उनले भने ।

    तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको बीचमा विवाद भएपछि उत्पन्न परिस्थितिलाई साम्य पार्न गएको प्रहरी परिचालन गरिएको थियो । त्यसक्रममा सुरक्षाका लागि खटिएका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसीले वडाध्यक्ष क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको स्वीमिङ पुलमा धकेलिदिएका थिए । वडाध्यक्ष क्षेत्रीले यो भन्दा ठूलो अन्याय के हुन्छ भनेर प्रश्न गरेका छन् ।

    नगरप्रमुख रामकृष्ण खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको भूमिकालाई लिएर एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । आफू अनुकुल निर्णय हुने नदेखेपछि नगर प्रमुख खाणले गणपुरक संख्या पुग्दापुग्दै उपस्थिति कम देखाएर संख्या नपुगेको भन्दै गत शुक्रबारदेखि नगरसभा स्थगीत गर्दै आएका छन् । तिलोत्तमाको नगर कार्यपालिका र नगरसभा दुवैमा एमालेको बहुमत छ ।

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…