• मोरङ । प्रदेश नं. १ लाई किरात नाम राख्न संघर्ष गर्दै आएको किरात राई यायोक्खाले सडक (यातायात) जाम लगायतको कार्यक्रम सार्वजनिक गरेको छ । 
    यायोक्खा केन्द्रीय समितिको आयोजनामा साउन २ गते वृहत मोटरसाइकल ¥याली प्रदर्शन, मुख्यमन्त्री र प्रदेश सभाको कार्यालय घेराउ गरेका थिए । ३ गते मंगलबार प्रदेश राजधानी विराटनगरमा प्राज्ञिक बहसको साथै किरात सभ्यता नामको पुस्तक सार्वजनिक गरेको थियो । 
    प्राज्ञिक बहस कार्यक्रममा प्र.डा. धनराज सुवेदी, प्रा.डा.टंक न्यौपाने, नेपाल पत्रकार महासंघको १ नं. प्रदेश अध्यक्ष लिलाबल्लाव घिमिरे, बरिष्ठ पत्रकार गणेश लम्साल लगायतले प्रदेशको नाम किरात राख्दा कसैले मन साँगुरो बनाउन नमिल्ने बताएका छन् । 
    किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको सभापतित्वमा भएको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वति पोख्रेल, नेपाली कांग्रेसका प्रमुख सचेतक सुयोर्माराज राई, खानेपानी तथा सिंचाइ मन्त्री रामकुमार राई पासाङ, सामाजिक मन्त्री राजन राई लगायतले बोलेका थिए । कार्यक्रममा उपाध्यक्ष जीवन हाताचो राईले स्वागत तथा औचित्यमाथि प्रष्ट्याएका थिए । 
    पहिलो चरणको कार्यक्रम समापन पछि बिराटनगरमै बसेको बैठकले चक्का जाम लगायतको दोस्रो चरणको कार्यक्रम घोषणा गरेको छ । यायोक्खाले ५ गते बिभिन्न जिल्लाहरुमा १ घण्टा चक्का जाम (यातायात बन्द) गर्ने कार्यक्रम घोषणासहितको सर्कुलर जिल्लाहरुलाई पठाएको थियो । यद्यपि सो दिन लिम्बुवान, किरात को विराटनगरमा प्रदर्शन कार्यक्रम भएकोले चक्काजामले तत्काल फिर्ता लिएर कोणसभाहरु मात्र गर्ने पुनः सर्कुलर पठाइएको महासचिव जनक राईले बताए । पहिचान पक्षधर लिम्बुवान, किरात आन्दोलनलाई सकारात्मक रुपमा लिदै सो दिनको यातायात बन्द पछि सारिने राईले बताए । 
    त्यसैगरी बिभिन्न पार्टी सम्बद्ध सामुदायिक मोर्चाहरुसँग छलफल गरेर आन्दोलनर्ला अझ ब्यापक गर्ने, ६ गते र ८ गते बिराटनगर प्रदेश सभामा सांस्कृतिक झाँकी साकेला प्रदर्शन गर्ने निर्णय भएको छ । प्रदेश नामकरणको लागि ६ गते प्रदेश सभामुखको आयोजनामा सर्बदलीय बैठक, ८ गते देखि प्रदेश सभा बैठक बस्ने सूची सार्बजनिक भएको छ । प्रदेश नामकरणको लागि परिस्थिति हेरेर कडा आन्दोलन घोषणा गर्नुपर्ने यायोक्खा सम्बद्ध युवाहरुको माग रहदै आएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…