• अर्घाखाँची, ८ साउन
    सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई नगर आयोजना उपभोक्ता मूल संस्थाको अध्यक्षमा एमालेका नेता रामबहादुर रायमाझी निर्वाचित भएका छन् । 

    शनिवार राति सम्पन्न निर्वाचनबाट राजेन्द्रकुमार कक्षपती श्रेष्ठलाई २४९ मतले हराउँदै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् ।

    शुक्रबारबाट सुरु भएको अधिवेशनमा उद्घाटन सत्र जारी रहँदै जिल्लामा क्रियाशिल ५ राजनीतिक दलले पदाधिकारी तथा सदस्य बाँडफाँड गरेपछि असन्तुष्ट भई श्रेष्ठ स्वतन्त्र उठेका थिए । तर, दलीय प्यानलले जित हात पारेको हो ।

    १८ सय मतदाता रहेको खानेपानी समितिमा ६०० अर्थात एक तिहाई मतमात्र खसेको थियो । खसेको मतमध्ये अध्यक्षका लागि ५६५ मत सदर भएकोमा रायमाझीले ४०७ मत प्राप्त गरेका हुन् । श्रेष्ठले १५८ मत प्राप्त गरेका छन् ।

    सहसचिव एमालेकी बसन्ता सन्दिप पौडेलले ३८९ मत प्राप्त गर्दा एकीकृत समाजवादीकी नेतृ सुमित्रा मुखियाले १५२ मत प्राप्त गरेकी छन् । खुल्ला सदस्य, महिला सदस्य तथा लेखा समिति संयोजकमा समेत दलीय उम्मेदवार निर्वाचित भए । 

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…