• काठमाडौं,  ८ साउन

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईमा सहभागी भएका सहिदहरुलाई सम्मान दिन नसकेको आरोप लगाएका छन ।

    ४४ औं पुष्पलाल जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस माथी सो आरोप लगाएका हुन ।

    ‘नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाईंमा शहीद भएकाहरुलाई उचित सम्मान दिन कहिल्यै सकेको छैन’ ओलीले कार्यक्रममा भने, ‘भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको देख्दा अझै पनि मेरो शरीर सिरिङ्ग हुने गरेको छ’ ।

    एमाले अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पु¥याएको योगदानको चर्चा गरेका छन । पुष्पलालले कम्युनिष्ट पार्टीको घोषणा पत्र अनुवाद गरेर गाउँ गाउँ पु¥याएको स्मरण गर्दै ओलीले अग्रजहरुले देखाएको वाटोवाट बिचलित नहुने प्रणसमेत गरेका छन ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…