• उर्लाबारी, भदौ २४ गते ।

    मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ का लागि ४० करोड १८ लाख ६४ हजार ६६ रुपियाँ १८ पैसा को बजेट पारित गरेको छ । गाउँपालिकाको भदौ २२ र २३ गते भएको गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम र बजेट शनिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।  गाउँपालिका कार्यलयमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष ताराबहादुर काफ्लेले आय तर्फबाट आन्तरिक आम्दानी ७१ लाख ,बाह्य अनुदान२९ करोड ९५ लाख ३१ हजार सामाजिक सुरक्षा ८ ८ करोड  ८० लाख, र गतको मौज्दात गरी कुल ४० करोड १८ लाख ६४ हजार ६६ रुपियाँ १८ पैसा अनुमानित आय हुने बताएका छन् ।



    यस्तै खर्च तर्फ सामाजिक सुरक्षा खर्च ८ करोड ८० लाख,चालु खर्च ३ करोड ७६ लाख ४ हजार ४२९ रुपियाँ,गत आवको गाविस अनुदान २१ लाख ३८ हजार ५२५ रुपियाँ, नेपाल सरकार ससर्त अनुदान १० करोड ४६ लाख ५१ हजार रुपियाँ, संघीय संरचना गत अनुदान ४८ लाख रुपियाँ,संस्थागत विकास प्रवाह९१ लाख १३ हजार ७२ रुपियाँ र समाजिक विकासमा १ करोड ८३ लाख ५१ हजार रुपियाँ,वातावरण तथा विपद व्यवस्थापन १ करोड ५१ लाख ,पूर्वाधार विकासमा १० करोड ४६ लाख ४८ हजार रुपियाँ ,आर्थिक विकासका लागि ४३ लाख १ हजार ३१५ रुपियाँ,समपुरक कोष८५ लाख रुपियाँ,मर्मत सम्हार २९ लाख ८२ हजार २३५ रुपियाँ र विपद ब्यवस्थापनमा १६ लाख ७४ हजार ४९० रुपियाँ खर्च हुने अनुमान गरिएको छ । गाउँपालिकाले चाल् आवमा वडा नं.२ मा विपन्नका लागि आवास कार्यक्रम सञ्चालन गर्न ४० लाख रुपियाँ विनियोजन गरेको छ ।यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि १५ लाख रुपियाँ विनियोजन गरिएको छ ।

सम्वन्धित समाचार

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नेभएको छ।उक्त ऋणपत्र …

 अपर तामाकोशी हाइड्रोपावरको कम्पनीको लिलामी सेयर बाँडफाँटपछि नपरेको रकम आजबाट फिर्ता हुँदैछ। यस ल…

मोरङ । झापाको दमकमा स्थापित मेची बहुउद्देश्यीय सहकारी संस्थालाई सुझाव दिने हरेक सदस्यलाई नगद पुरस्कार दिन…

काठमाडौं, ११ माघ   प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से …