• दमक झापा  — 
    श्रवण १२ झापाको दमकमा  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यलयमा सम्पन्न भेलाले कोचिला रास्ट्रीय मुक्ति  मोर्चा नेपालको नेतृत्वमा  ममता ताजपुरिया ( राजवंशि ) को  नेतृत्वमा थप गर्ने गरि २१ सदस्य रहने गरि केन्द्रिय समिति निर्वाचित भएका हुन ।

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पोलिटिब्युरो सदस्य तथा  प्रदेश न १ का सह इन्चार्ज सावित्री काफ्ले (क, समर)को प्रमुख आथित्यमा उक्त भेला सम्पन्न भएको थियो भने विशिष्ट अथिति पोलिटिब्युरो सदस्य महिला नेतृ धर्म शिला चापागाईं जनबर्गीय संगठनका फ्याक्सन इन्चार्ज मुक्साम मेन्याङ्बो लागायतका नेताहरुको सहभागी थिए ।  

    बर्तमान पहिचानको आन्दोलन पेचिलो बन्दै गईरहेको सन्दर्भमा नेपाल कम्युनिष्ट  पार्टी माओवादी केन्द्र निकट विभिन्न जातिय  संगठनहरुको भेला सम्मेलनहरु  तिब्र पारेको छ । 

    भेलालाई सम्बोधन गर्दै प्रमुख अथिति समरले भने बहु  पहिचानको आधारमा  प्रदेश न १ को नामकरण किरात लिम्बुवान , कोच रहने पार्टीको आधिकारीक धारणा  रहेको बताए । 

    मोर्चाको तेश्रो भेला बाट संयोजक बनेका नेपाल कम्युनिष्ट  पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका ममता ताजपुरिया (राजवंशि) ले भन्यो संगठन र आगामी योजना बारेमा निर्वाचन केन्द्रित, जिल्ला नागर र पालिका  स्तरमा संगठन बिस्तार तिब्र गतिमा अगाडि बढाउने बताउनु भयो ।  

    अहिले पहिचानको आन्दोलन पेचिलो बन्दै गईरहेको सन्दर्भमा सोधिएको प्रश्नमा उनले बताईन - प्रदेश न १ को नमाकरणको सन्धर्भमा  आफ्नु पार्टिले लिएको आधिकारिक धारणा मुताविक बहुपहिचानको आधारमानै किरात लिम्बुवान कोच हुनु पर्ने मोर्चाको धारणा रहेको  बातईंन । 

     निर्वाचित पदाधिकारीहरुको नामावली 
    संयोजक - ममता ताजपुरिया (राजवंशि)
    सचिव   - किर्ति कुमार राजवंशी  
    सदस्य  - दिनेश  राजवंशी
    सदस्य  - कचाली   ताजपुरिया 
    सदस्य  - भरत राजवंशी 
    सदस्य  - वदि  राजवंशी 
    सदस्य  - प्रविन  राजवंशी 
    सदस्य  - श्रवण   राजवंशी 
    सदस्य  - खगेन   राजवंशी 
    सदस्य  -एतुवारी   राजवंशी 
    सदस्य  - पुकार   राजवंशी 
    सदस्य  - खुलु   राजवंशी 
    सदस्य  - किना लाल   राजवंशी 

     

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…