• लमजुङ,  १५  साउन 

    नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन  भएमात्र  मुलुकले निकास पाउने बताएकी छन् ।

    नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स-सना पसल थापिरहँदा वामपन्थी सरकार नबन्ने र मुलुकले गति पनि लिन नसक्ने बताइन् ।

    'यो सरकार रहँदासम्म देशमा भ्रष्टाचार रोकिन्न, महँगी घट्दैन, न त संवृद्धि नै आउँछ', शाक्यले भनिन्, 'हेर्नुहोस् त एमसीसी पास गरेर अमेरिकी सेना भित्र्याउँदैछन । यो सिधै चाइनामाथि धावा बोल्न हो ।'

    मुलुकमा संघीयता सही ढङ्गले सञ्चालन गर्न नसक्दा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । उनले भनिन, 'हिजो सबैले देशलाई संघीयतामा लैजाउँ भनेर संविधानमै सात प्रदेशको व्यवस्था गरियो। तर अहिले व्यवस्थापन गतिलो नगरेर व्यवस्थाप्रति नै नकारात्मक टिप्पणी भैरहेको छ, यो कार्य गलत छ । 

    यस्तै नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी चुनावमा वामपन्थी शक्ति एक हुन नसके पनि गठबन्धन विरुद्ध एमाले एक्लै लड्न उच्च मनोबलका साथ तयार हुनुपर्ने बताए । 

    उनले गण्डकी प्रदेशमा अहिले पनि एमाले पहिलो शक्तिको रूपमा रहेको बताउँदै आगामी चुनावमा अझ बलियो बनेर आउनुपर्ने बताए ।

    नेता गुरुङले स्थानीय चुनावमा पार्टीभित्र केही अन्तर्घात भएको बताउँदै उनीहरूलाई आगामी चुनावपछि कारबाही गरिने बताए ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…