• काठमाडौं,  २१ साउन 

    न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ । 

    यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, आफूले अहिलेसम्म न्याय नपाएको भन्दै उनी पुन आमरण अनशनमा बसेकी हुन् ।

    १७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ । 

    जिल्ला अदालतले आरोपीलाई आरोपीलाई सफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी उनले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताउँदै आएकी छन् । 

    उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको  उनले बारम्बार गुनासो गर्दै आएकी छन् । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…