• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका भवन निर्माण बारे पुन छलफल सुरु भएको छ । 
    छिमेकी पालिकाहरुले सानदार प्रशासनिक भवन निर्माण बनाएर जनताको सेवा भइरहदा जग्गा र केही नेताहरुको सोचमा आएको समस्याको कारण अघिल्लो कार्यकालमा पथरीशनिश्चरे भवन बन्न सकेन । नगरपालिका साबिक पथरी गाबिसको साँगुरो भवनबाटै चलाइदै आएको छ । 
    साबिक पथरी र शनिश्चरे गाबिस मिलाएर नगरपालिका प्रस्ताव गर्दा नयाँ नगरपालिकाको भवन हाल १० नं. वडा स्थित भुटानी शरणार्थी शिविर भएको स्थानमा बनाउने राजनीतिक दलका नेताहरुको लिखित सहमति भएको थियो । सो स्थान हाल सञ्चालनहुँदै आएको स्थानमा भन्दा करिव एक किलोमिटर पश्चिममा पर्दछ । 
    स्थानीय तहको दोस्रो निर्वाचनपछि पथरीशनिश्चरे नगर कार्यपालिकाको पहिलो बैठक बस्दा जस्ताले छाएको हलमा पानी चुहेर समस्या भएपछि सोही दिन नगर प्रमुख मोहन तुम्बापोले नयाँ प्रशासनिक निर्माण गर्नुपर्ने विचार ब्यक्त गरेपछि पुन भवन निर्माणको छलफल पुन सुरु भएको हो । 
    अहिले पथरी बजारदेखि करिव ७ किलोमिटर दक्षिण किर्तिपुर बजार नजिकै, सोही हाराहारीमा रहेको शनिश्चरे बजार (साबिक शनिश्चरे गाबिस भवन, हाल ४ नं. वडा कार्यालय), राजनीतिक सहमति भएको १० नं. वडा भुटानी शरणार्थी बसेको स्थालमा नगरको नयाँ प्रशासनिक भवन निर्माण गर्न संगठित प्रयास भइरहेको छ । केहीले पुरानै स्थालमा ब्यबस्थित भवन निर्माण गरेर सञ्चालन गर्न सकिने विचार राख्दै आएका छन् । 

    कीर्तिपुरमा भवन निर्माण पहल समिति अधिक सक्रिय


    कीर्तिपुरमा भवन निर्माण गर्न बनेको पथरी शनिश्चरे नगरपालिका भवन निर्माण पहल समितिले आइतबार (साउन २९) अपरान्ह कीर्तिपुर बजारमा अन्तरक्रिया तथा पत्रकार सम्मेलनको आयोजना गरेर कीर्तिपुरमा नगरको भवन निर्माणको बलियो दाबी पेस गरेको छ । 
    कार्यक्रममा पहल समितिको संयोजक उमानाथ अधिकारीले भौगोलिक हिसाबले कीर्तिपुर नगरको मध्यभाग पर्ने, संघीयताको मर्म विकेन्द्रिकृत सिद्धान्तको लक्ष्य कार्यान्वयन हुने, कीर्तिपुर सबैतिरको सडक सञ्जालसँग जोडिएको, साबिक हसन्दह गाबिसबासीको भावना समेटिने, नगरलाई एक बिगाहा १० कट्ठा जग्गा उपलब्ध हुने र त्यो भन्दा बढी आवश्यक भए सो उपलब्ल हुने आधार पेस गरेका छ । 


    नगरपालिकाको लागि निशुल्क जग्गा उपलब्ध गराउन श्रीप्रसाद ढुङ्गानाको नाममा रहको जग्गा धनिपुर्जा, नक्सा र नागरिकताको प्रतिलिपि नगर प्रमुख मोहन तुम्बापोलाई बुझाएको समितिको संयोजक उमानाथ अधिकारीले बताए । 
    आइतबारको पत्रकार सम्मेलनसहितको अन्तरक्रिया कार्यक्रममा नगरको १० मध्ये ६ जना वडा अध्यक्ष, एक कार्यपालिका सदस्य लगायत जनप्रनिधिहरुको उपस्थिति रहेको थियो । वडा नं. ३ का बिजय लिम्बू, ४ को लोककिरण न्यौपाने, ५ को चेतेन्द्र खड्का, ६ का कृष्ण बस्नेत, ७ का उध्धबराज बस्नेत र ८ का नवीन कार्की, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ लगायतका जनप्रतिनिधिहरुको सहभागिता भएर समर्थन जनाएका थिए । कार्यक्रममा १, २, ९ र १० नं. का वडा अध्यक्षहरु भने उपस्थित भएनन् । 
    कीर्तिपुरमा पथरी शनिश्चरे नगरपालिका भवन निर्माण पहल समितिको सचिव बिरोज मगरले सञ्चालन गरेको कार्यक्रममा ७ नं. वडाको पूर्ब अध्यक्ष कपिल ढकाल, राजनीतिक कर्मी जहरमान लिम्बू, ईश्वर थापा, सन्तोष कार्की लगायत २ सय बढी स्थानीयबासीको सहभागिता रहेको थियो । 
    यहाँ भवन निर्माणको पहल सुरु भएपछि कीर्तिपुर बजर दक्षिण सडकमा नगरको प्रस्तावित भवन निर्माण स्थल जानेबाटो भनेर संकेत राखिएको छ भने जग्गा प्रदान गर्ने भनिएको स्थालमा पथरीशनिश्चरे नगरपालिकाको भवन निर्माण प्रस्थावित स्थालको बोर्ड राखिसकिएको छ । 
    सो स्थालमा श्रीप्रसाद ढुङ्गानाको नेतृत्वमा जग्गा प्लटिङ गरेर घर, घडेरी खरिद बिक्रीको लागि पनि काम भइरहेको छ । सोही प्लटिङको जग्गा र अन्य जग्गा दाताहरुबाट मिलाएर नगरपालिकालाई आवश्यक जग्गा उपलब्ध गराउन कीर्तिपुरमा पथरीशनिश्चरे नगरपालिकाको भवन निर्माण पहल समिति क्रियाशील रहेका छन् । प्रस्तावित जग्गामा भवन निर्माण भए दुई बिगाहासम्म जग्गा निशुल्क उपलब्ध गराउन समिति तयार रहेको सचिव बिरोज मगरले बताए । 
     

    शनिश्चरे बजार र १० नं. वडामा पनि भवन निर्माण पहल जारी


    निर्वाचनपछि नयाँ कार्यपालिकाले प्रशासनिक भवन निर्माण गर्ने भएपछि साबिक शनिश्चरेको गाबिस र हाल ४ नं. वडा कार्यालयमा नगरको भवन निर्माण गर्न समिति गठन गरेर पहल प्रयास भइरुहेको छ । सो समितिले पनि नगर प्रमुखलाई भेटेर वडा कार्यालय बनेको १० कट्ठा, खालि ७ गरी १७ कट्ठा नपुगेको सोही जग्गासँग जोडिएको भागिरथ माबिले जग्गा उपलब्ध गराउने भन्दै पर्शुराम कार्की लगायतले संगठित रुपमा नगरको ध्यान केन्द्रित गरेका छन् । 
    यता १० नं. वडा स्थित पहिला भुटानी शरणार्थी शिविर रहेको स्थालमा नगरपालिकाको भवन निर्माण हुनुपर्छ भन्ने पहल पनि जारी रहेको छ । नगरपालिका प्रस्ताव गर्दा सो स्थालमा भवन निर्माण गर्ने सर्बदलीय लिखित सहमति छ । सोही सहमतिको आधारमा नगरको भवन बन्नुपर्ने माग राख्दै सर्बोच्च अदालतमा परेको निवेदन र रिटको आधारमा १० नं. वडा मै भवन बन्नुपर्ने प्रयासपनि जारी छ । १० नं. वडा अध्यक्ष जीवन खतिवडा लगायतका वडा अध्यक्षहरु सो स्थालमा भवन बन्नुपर्ने अडानमा छन् । सो स्थालमा अघिल्लो निर्वाचनपछि तत्कालीन १० नं. वडा अध्यक्ष सागर राईको पहलमा पथरी शनिश्चरे नगरको भवन स्थाल भनेर बोर्ड राखिएको छ । 
    भवन निर्माणको लागि आफ्नै नाममा जग्गा आवश्यक हुन्छ । सरकारसँग जग्गा साट्ना जग्गा खोज समिति पनि गठन भएको थियो । यद्यपि अघिल्लो कार्यपालिका नेतृत्वको ईच्छा शक्ति कमजोर भएको कारण जग्गा खोज समितिले गरेको प्रयास र प्रतिबेदन उपर छलफल नभएको सो समितिको भनाइ छ । 
    यकाथरीले भने हाल भएकै स्थाल उत्तरमा रहेको खाली जग्गा खाली गर्ने र त्यहाँ भएका साना भवनहरु हटाएर बृहत प्रशासनिक भवन निर्माण गर्न सकिने विचार राख्दै आएका छन् । हाल सञ्चालन हुँदै आएको नगरपालिका उत्तरमा बिशाल सपिङ कम्प्लेक निर्माण गर्न नगरपालिकाले डीपीआर बनाएको थियो । सपिङ कम्प्लेक्सको योजना अलपत्र परेको छ । यदि कम्प्लेक्स नबन्ने हो भने नगरपालिकाको भवन त्यहाँ बन्न सक्ने भनाइ छ । यद्यपि जहाँ बनेपनि नगरपालिकाको भवन यथासक्य चाँडो बन्न आवश्यक छ । 


     

सम्वन्धित समाचार

काठमाडौं । नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच प्रस्तुती, विभिन्न व्यक्तिलाई सम्मान …

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सोखुलुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले सेवाग्रहीलाई…

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…