• मुगु,  २ भदौ 


    जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्ष भन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ डाक्टर पाएको हो ।

      
    गत मंसिरमा एमडिजिपी विशेषज्ञ डाक्टर सिद्धार्थ ध्वज खाँतीले बिचमै छाडेपछि  मुगु अस्पतालमा विशेषज्ञ डाक्टरको पद खाली रित्त थियो ।  यसै समस्या लाई मध्येनजर गर्दे मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एमडिजिपी डाक्टर सुरेन्द्र शाक्यलाई मुगु अस्पतालमा ५ वर्षको लागि पठाइएको छ ।    

    जिल्लामा विशेषज्ञ डाक्टर ल्याउन जिल्ला स्थित सरोकारवाला निकायको पहलमा र अन्य पक्षबाट पटक–पटक जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरको आवश्यकता सम्बन्धी माग गरिएपछि , मुगालीको स्वास्थय क्षेत्र लाई मनन गर्दे बिरामीको मर्म बुझेर आफूले प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरको व्यवस्था मिलाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले बताए ।

    अस्पतालमा लामो समय सम्म विशेषज्ञ डाक्टर नहुँदा यहाँका सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पनि बाहिरी जिल्ला  रिफर गर्नुपर्ने अवस्था रहको थियो ।        

    अस्पताल लाई विशेषज्ञ डाक्टर पठाए पछि धन्यवाद प्रकट गरेका छन् । अस्पतालमा विशेषज्ञ डाक्टर लाई उपचारको क्रममा आवश्यक पर्ने उपकरण , ब्यवस्थापन ,  काम गर्ने बातावरण राम्रो सँग मिलाईने र अस्पतालमा हुने समस्या लाई समाधानको बाटो छिट्टै खोज्ने अस्पताल विकास समिति अध्यक्ष गजेन्द्रबहादुर मल्लले बताए ।

    उनका अनुसार भर्खरै आउनु भएका विशेषज्ञ डाक्टर शाक्य लाई तलब, भत्ता र अन्य सेवा–सुविधा प्रतिष्ठान र जिल्ला अस्पताल मुगुले आधा , आधा व्यहोर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिएको मल्लको भनाई छ । 

    आठ महिनापछि विशेषज्ञ डाक्टर आउँदा अब जिल्लाका सामान्य खालका अप्रेसन, हर्निया, हाइड्रोसिल, एपेन्डिसायटिस्ट , सुत्केरी महिला , पाठेघरका समस्या, बालबालिकाका समस्या जिल्लामै समाधान हुने स्वास्थ्य सेवा कार्यालय मुगुका व्यवस्थापक उमेश गौतमले जानकारी दिए । 

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…