• महोत्तरी, ४ भदौ

    आर्ट व्यवसायीको साझा संगठन नेपाल आर्ट व्यवसायी संघले महोत्तरीमा जिल्ला कार्यसमिति विस्तार गरेको छ ।

    आज आर्ट र छपाइ सम्बन्धी व्यवसाय गर्नेहरूको हकहितको लागि  काम गर्ने संघले महोत्तरीमा केदार कार्कीको नेतृत्वमा ११ सदस्य गठन गरेको हो ।

    लामो समयदेखि छपाइ र आर्ट समबन्धि कार्य गर्दै आएका कार्कीको नेतृत्वले व्यवसाय र बजार अझ फराकिलो हुने विश्वास लिइएको छ ।

    निर्वाचित हुने अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा रुदल कुमार महतो, सचिवमा अजय कुमार महतो, स-सचिवमा खगेन्द्र रातामगर, कोषाध्यक्षमा तेज बहादुर पुलामी र सदस्यहरूमा राजु नेपाली, हेम बहादुर आलेमगर,रामबाबु महतो र अमित सिंह छन् ।

    सबैको मागअनुसार नै सर्वसम्मतिमा कार्कीलाई निर्वाचित गर्दै नेपाल कमर्सियल आर्टिस्ट संघ महोत्तरी गठन भएको नेपाल कमर्सियल आर्टिस्ट संघले जनाएको छ । जिल्लामा अहिले झण्डै १५० भन्दा बढी आर्ट व्यवसायीहरू छन् ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…