• मोरङ । १७ बर्षिय किशोरीले बाबु बेगरको गर्भ बोकेपछि प्रहरीले अनुसन्धानको लागि एक जनालाई पक्राउ गरेको छ । 
    घट्ना पूर्बी मोरङ हो । किशोरी प्रष्टसँग बोल्न नसक्ने फरक क्षमताकी छन् । किशोरीको पेट बढ्दै गएपछि छिमेकीहरुले घरमा गएर सो बारे परिवारलाई विचार गर्न भनेका थिए । 
    त्यसपछि किशोरीको बाबुले छिमेकी महिलालाई छोरीको बढ्दै गएको पेटबारे सोधिदिन भनेका थिए । प्रष्टसँग नबोल्ने ती किशोरीलाई छिमेकी महिलाहरुले फकाएर सोधीखोजी गर्दा हाल बिदेशमा भएका एक पुरुषको नाम लिएका थिए । 
    छरछिमेकी र जनप्रतिनिधिहरुले ती पुरुषलाई फोन सम्पर्क गर्दा आफ्नो अण्ड कोष नभएको, चिकित्सकले दिएको प्रमाण रहेको भन्दै आफूबाट गर्भ नबस्ने दाबी गरेको बुझिएको छ । 
    गर्भ बसाउने पुरुष बारे किशोरीलाई प्रस्न गर्ने क्रममा अर्को एक जना पुरुषको नाम पनि लिएका थिए । भनिस भने मारिदिन्छु भनेर आफूलाई १३ बर्षको उमेर हुँदोखि करणी गर्ने गरेको बताएका थिए । किशोरीको भनाइको आधारमा मुनु भनेर चिनिने योगेस लिम्बूलाई प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको छ । ४२ बर्षिय लिम्बू दुई छोराको बाबु हुन् । किशोरीले पछिल्लो पटक लिम्बूले आफू गाउँबाट फिर्दै गर्दा पैनीको डिलमा लगेर करणी गरेको छिमेकी र प्रहरीलाई बताएकी छन् । 
    किशोरीको गर्भ परीक्षण गर्दा पेटमा ६ महिनाको नानी रहेको पत्ता लागेको छ । आर्थिक अवस्था कमजोर भएको किशोरी परिवारलाई छोरीले बाबु बिनको गर्भ बोकेपछि समस्या बढेको छ । किशोरीलाई सेफ हाउस पठाएर घट्ना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । 
    मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार २० बर्षभन्दा मुनिका किशोरीसँग सहमतिमै यौन सम्पर्क गरेपनि जबरजस्ति करणी ठहर्छ । पेटमा ६ महिनाको गर्भ बोकेकी किशोरी फरक क्षमता (अपाङ्ता) भएकोले गर्भ बोकाउने ब्यक्तिलाई कडा सजाय हुने प्रहरी प्रमुख गौतमको भनाइ छ । 

सम्वन्धित समाचार

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…