• मोरङ । खम्बुवान राष्ट्रिय मोर्चा पार्टी नेपालका केन्द्रीय अध्यक्ष आरके खम्बूले राजनीतिक वातावरण बन्दै गएको भन्दै अब पार्टी उठाउने बताएका छन् । 
    मोरङको लेटाङ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समितिको हलमा आज (भदौ ५) आयोजित ३० औं स्थापना दिवस कार्यक्रममा बोल्दै अध्यक्ष खम्बूले सो कुरा बताएका हुन् । संघीय लोकतन्त्रिक गणतन्त्र पश्चात कम्युनिष्ट पार्टीहरुको एकता र दुई तिहाइको सरकारले ध्यान केन्द्रीत गरेर वातावरण बिग्रेको भन्दै अब भने खम्बुवान पार्टी शसक्त बन्ने दाबी गरे । 
    गठबन्धन विचार बिनको केबल सत्ता स्वार्थको लागि भएको र एमाले अध्यक्ष ओलीसँगै कमजोर भइसकेको भन्दै खम्बुवान पार्टी अब आकाश छुनेगरी अघि बढनुपर्ने कार्यकर्ताहरुलाई बताए । 
    अघिल्लो निर्वाचनहरुमा पार्टीलाई जनताले भोट नदिएकै कारण प्रदेशको नाम रहन नसकेको भन्दै अध्यक्ष खम्बुले भने ‘एमाले, कांग्रेसलाई भोट दिएर, प्रदेश १ को नाम किरात, लिम्बुवान वा खम्बुवान आउछ त ?’ किरात याक्थुङ चुम्लुङ र किरात राई यायोक्खा अध्यक्षहरु कांग्रेस र एमालेमा बसेर किरात वा लिम्बुवान, किरात मागेर प्रहसन भइरहेको खम्बूले बताए । 
    हामीलाई जनताले भोट नदिएपछि नामको सन्दर्भमा प्रदेश सभा घेराउ गर्न जानु नैतिकताले नदिने तर्क प्रस्तुत गर्दै आउने चुनावमा मत पाए प्रदेशको मात्र नभएर देशकै अवस्था फेर्ने योजना रहेको अध्यक्ष खम्बूले दाबी गरे । 
    वर्तमान संविधानमा निर्माणमा खम्बुवान राष्ट्रिय मोर्चाको पनि भूमिका रहेको भन्दै लिम्बुवान पार्टी समाप्त भएको र कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च जनमुक्ति पार्टी जस्तो रहेको टिप्पनी गरे । 
    मंसिर ४ गतेको प्रदेश सभा र संघीय संसद निर्वाचनमा खम्बुवान राष्ट्रिय मोर्चा सहभागि हुने बताउदै रक्सी र मासु खाएर कांग्रेस, एमालेलाई भोट दिन नहुने अध्यक्ष खम्बूको भनाइ थियो । जनताको समस्या भन्दा सत्ताकै लागि छिनाझम्टी गर्ने ती पार्टीहरुलाई नै भोट दिएर जनता सधैभरी गधा बन्न नहुने उनको तर्क थियो । 
    संगठनको केन्द्रीय उपाध्यक्ष दिलराम राईको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजदेब खम्बूले सञ्चालन गरेको कार्यक्रम महासचिव रणेन्द्र थिम्राहाङले स्वागत मन्तब्य राखेका थिए । 
    कार्यक्रममा पार्टीको प्रवक्ता राजन वान्तावा, पार्टी सम्बद्ध युवा संगठनका अध्यक्ष नवीन खम्बू, नारी मोर्चाका अध्यक्ष देशमाया खम्बू, भोजपुर जिल्ला अध्यक्ष ऋषिधन राई, पूर्ब विद्यार्थी संगठन अध्यक्ष मित्र खम्बू लगायतको उपस्थिति रहेको थियो । 

    मोर्चा ३० बर्ष पुगेको अवसरमा केन्द्रीय अध्यक्ष आरके खम्बूले ३० वटा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । 
    खम्बुवान राष्ट्रिय मोर्चा तत्कालीन खोपाल खम्बूको नेतृत्वमा गठन गरेर सशस्त्र आन्दोलन गरेको पार्टी हो । पछि किरात वर्कस पार्टीहुँदै तत्कालीन अध्यक्ष गोपाल खम्बू माओवादीमा प्रवेश गरेपछि आरके खम्बूले वर्कस पार्टी छाडेर पुन खम्बुवान मोर्चा पुनरगठन गरेर सञ्चालन गर्दै आएको छ । 
    दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिक मार्फत एक सिट ल्याएको पार्टीबाट अध्यक्ष खम्बू संसदमा गएका थिए । अघिल्लो निर्वाचनमा जनता समाजवादी पार्टीसँग पार्टी एकीकरण गरेर छाता चिन्हबाट निर्वाचन लडेपछि खम्बुवान पार्टी निस्किृय भएको थियो । त्यसबेला खम्बुवानको दुई जना समानुपातिक लिष्टमा नाम राखिएपनि सांसद बनाइएन । आउने मंसिर ४ गतेको निर्वाचनमा सहभागि हुन निर्वाचन आयोगमा पार्टी दर्ता गरेर संगठन पुन निर्माणमा लागेको बुझिन्छ । 
     

सम्वन्धित समाचार

मोरङ । नेपालको ४२ औं प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भइरहदा संविधानले चिने नचिनेको भन्दै बैधा…

मोरङ । पछिल्लो बिषम परिस्थितिमा हुनसक्ने चोरी लगायतका सुरक्षा चुनौती सामना गर्न मोरङको पथरीशनिश्चरेमा नाग…

काठमाडौं ।  काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू…

मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले सम…