• मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पथरी शनिश्चरे नगर समितिले आज साँझ दीप प्रज्वलन गरेर पुनर गठन दिवस मनाउने भएको छ । 
    पाटी पुनरगठन भएको बर्ष दिन पुगेको अवसरमा आज साँझ ७ बजे पथरीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेर दिवस मनाउने तयारी भएको नगर समिति अध्यक्ष तुलशी ढकालले बताए । 
    आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीको तर्फबाट उमेद्वार छनौट गर्न आज बेलबारीको बेतनामा बैठक चलिरहेको सो संगठनले जनाएको छ । 
    बैठकले ३ नं. क्षेत्रबाट संघीय सांसदमा डा. देउमान सङ्बाहाङ्फे लिम्बू, चण्डीप्रसाद राई, कृष्णकुमारी राई (हाल प्रदेश सभा सदस्य), चन्द्र गुरुङ, टिका गौतम, दीपक बस्नेत लगायतबाट एक महिलासहित चार जना नाम पठाउनु पर्ने प्रदेस समिति सदस्य मानप्रसाद लिम्बूले बताए । 
    क्षेत्रको प्रदेश सभा सदस्य क र ख बाट भने मानप्रसाद लिम्बू, कृष्णकुमारी बिक, तुलशी ढकाल र अर्जुन गिरीको नाम सिफारिस गर्ने निर्णय भएको सो संगठनले जनाएको छ । 

सम्वन्धित समाचार

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…