• मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पथरी शनिश्चरे नगर समितिले आज साँझ दीप प्रज्वलन गरेर पुनर गठन दिवस मनाउने भएको छ । 
    पाटी पुनरगठन भएको बर्ष दिन पुगेको अवसरमा आज साँझ ७ बजे पथरीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेर दिवस मनाउने तयारी भएको नगर समिति अध्यक्ष तुलशी ढकालले बताए । 
    आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टीको तर्फबाट उमेद्वार छनौट गर्न आज बेलबारीको बेतनामा बैठक चलिरहेको सो संगठनले जनाएको छ । 
    बैठकले ३ नं. क्षेत्रबाट संघीय सांसदमा डा. देउमान सङ्बाहाङ्फे लिम्बू, चण्डीप्रसाद राई, कृष्णकुमारी राई (हाल प्रदेश सभा सदस्य), चन्द्र गुरुङ, टिका गौतम, दीपक बस्नेत लगायतबाट एक महिलासहित चार जना नाम पठाउनु पर्ने प्रदेस समिति सदस्य मानप्रसाद लिम्बूले बताए । 
    क्षेत्रको प्रदेश सभा सदस्य क र ख बाट भने मानप्रसाद लिम्बू, कृष्णकुमारी बिक, तुलशी ढकाल र अर्जुन गिरीको नाम सिफारिस गर्ने निर्णय भएको सो संगठनले जनाएको छ । 

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…