• राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला अध्यक्ष शुसीला घिमिरेको टोली १ नं. वडा कार्यालयमा

    मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेका अब्यबस्थित बसोबासी, भूमिहिनहरुलाई एक महिना भित्रमा जग्गा धनिपूर्जा वितरण गर्न लागि परेको बुझिएको छ । 
    त्यसको लागि राष्ट्रिय भूमी आयोग मोरङ, पथरी शनिश्चरे नगरपालिका र मातहतका वडा कार्यालयबाट जनप्रतिनिधिहरु लागि परेका छन् । 
    पथरी शनिश्चरे नगरपालिकाले नगर प्रमुख मोहन तुम्बापोको अध्यक्षतामा बिभिन्न दलका प्रतिनिधिहरु समेत रहेको सहजीहरण समिति गठन गरेको छ । 
    त्यसैगरी पथरी शनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राईले आज (भदौ ९) दलका प्रतिनिधिहरु बोलाएर वडा स्तरीय सहजिरकण समिति गठन गरेका छन् । समितिमा कार्यपालिका सदस्य वीरध्वज शिवा, वडा सदस्यहरु सदस्यहरु सुरेश कार्की, पूर्ण कार्की, बसुन्धरा गुरुङ, आरति बिकको साथै पार्टी प्रतिनिधिहरु एमालेबाट प्रदिपकुमार राई, कांग्रेसबाट ठाकुरप्रसाद लिम्बू (रोशन), माओवादी केन्द्रबाट गोपाल लकान्द्री, जसपाबाट धनप्रसाद साँबा, राप्रपाबाट ज्ञानेन्द्र भट्टराई रहेका छन् ।
    त्यसैगरी संघीय लिम्बुवानबाट जितबहादुर लावती, ससपाबाट याम बहादुर लिम्बू, मंगोल (एम.एन.ओ.)बाट गणेशबहादुर घले, ललितबाट काजिमान बिक, महिला प्रतिनिधि सीता धिमाल र पर्शुराम कार्की सदस्य रहको १७ सदस्यीय सहजिकरण समिति गठन भएको छ । 
    सो समितिको समन्वयमा अघिल्लो आयोगले नाप्न छुटेको जग्गाहरु भोली भदौं १० गतेदेखि सुन्दरबास्तिबाट नापी सुरु गर्ने, जग्गा नाप्ने टीएस मेसिनको ब्यबस्थापन गर्ने लगायतको निर्णय गरेको वडा अध्यक्ष भीमकुमार राईले बताए । 


    पथरी शनिश्चरे १ नं. वडामा २०५८ सालमा बसन्त भट्टराई अयोगले नापेर कित्ता काट गरेको जग्गाको आगामी एक महिना भित्र धनीपूर्जा वितरण गर्ने गतिमा आफूहरु लागि परेको वडा अध्यक्ष भीमकुमार राईले बताए । वडा समितिकै पहलमा राष्ट्रिय भूमि आयोग मोरङ जिल्ला अध्यक्ष शुसीला घिमिरेको नेतृत्वमा नापी र मातपोतको अधिकृत टोली १ नं. वडामा पहिला नापी भएको र नाप्न बाँकी जग्गा भिजिट गरेका थिए । 
    नगर १ नं. वडाको पहिला नापी भएर कित्ता काट गरेको र मोठ कायम नभएको करिव सात सय सिफारिस राष्ट्रिय भूमि आयोग मोरङ जिल्लामा पठाइएको वडा अध्यक्ष भीम राईले बताए । उक्त जग्गाहरुको धनीपूर्जा एक महिना भित्र र नाप्न बाँकी जग्गाको पनि नापेर चाँडो भन्दा चाँडो धनीपूर्जा वितरणको तयारीमा लागेको अध्यक्ष राईले बताए । वडा अध्यक्ष राईले वडा बिकासको लागि सबै जाति, धर्म र पार्टीका नेता कार्याकर्ता र जनता एक जुट भएर लाग्नुपर्ने बताउँदै आएका छन् । 
    राष्ट्रिय भूमि आयोग मोरङ, पथरी शनिश्चरे नगर र वडाहरुको सक्रीयतामा ८, १० नं. वडा लगायतका स्थानहरुमा जग्गा नापी भइरहेको छ । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…

मोरङ । लिम्बू समुदायको चासोक तङ्नाम मोरङको पथरीशनिश्चरेमा न्वागी पूजा, भलिबल लगायत खेलकुद प्रतियोगिता, स…