• उदयपुर,१० भदौ

    प्रदेश सरकार सडक पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले प्रदेश सरकारले संघ र स्थानीय दुवै सरकारसँगको समन्वयमा मझौला विकासका कामहरु अघि सारेको बताए ।

    संघीय सरकारको ध्यान नपुगेको र स्थानीय सरकारको बजेटले नपुग्ने मझौला विकासका योजनाहरुलाई प्रदेश सरकारले आफ्नो प्राथमिक्तामा राख्दै आएको मन्त्री कार्कीले जानकारी दिए ।

    उदयपुरको त्रियुगा नगरपालिका– ५ देउरीस्थित देउरी खोला नवनिर्मित मोटरेबल पुलको उदघाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । मन्त्री कार्कीले प्रदेश सरकारले स्थानीय र संघ सरकारसँगको समन्वयमा सानादेखि ठूला विकासका माग र आवश्यक्तालाई संम्बोधन गरि रहेको छ । आगामी दिनमा पनि जनताको मागलाई प्रदेश सरकारले प्राथमिक्ता दिने बताए ।

    मन्त्री कार्कीद्वारा उदघाटन गरेपछि उदयपुरको त्रियुगा नगरपालिका– ५ देउरी खोलामा नवनिर्मित पक्की पुल सञ्चालनमा आएको छ । देउरी बजारबाट श्रीपुर जाने बाटोमा रहेको देउरी खोलामा पुल बनेपछि भित्र पटिका बस्तीबासीलाई आउजाउ गर्न सहज होस् भनेर प्रदेश सरकारद्वारा निर्मित पुल सञ्चालनमा आएको हो ।

    प्रदेश सरकार, प्रादेशिक सडक पुल एकाई (पिआरबिएसयु) इटहरी मार्फत पूर्वाधार विकास कार्यालय उदयपुृरको रेखदेखमा निर्मित पुलको निर्माण सुरु ०७७ जेठ १ गते भएको थियो ।

    डेढ वर्षभित्र सक्ने सम्झौता भए पनि कोभिडका कारण ३ महिना म्याद थपेर ०७८ चैत ३० गते सक्नु पर्नेमा चैत २१ गते पुलको निर्माण सम्पन्न भएको कार्यालयका योजना अधिकृत तुलसी सुबेदीले जानकारी दिए ।

    ७१ मिटर लामो, १० मिटर चौडाई रहेको ३ स्पानको पुल पवित्र निर्माण सेवा गाईघाटले लागत इस्टीमेट भन्दा २९ प्रतिशत कम मूल्यमा निर्माण गरेको हो । पुलको लागत इस्टीमेट ६ करोड ११ लाख ५१ हजार २ सय ६२ रुपैयाँ रहेकोमा निर्माण व्यवसायी बीच प्रतिस्पर्धा हुँदा पवित्र निर्माण सेवाले ४ करोड ३४ लाख ६४ हजारमा निर्माणको जिम्मा लिएको थियो ।

    वर्षौंदेखि पुलको अभाबमा वर्षायाममा बाढीको चपेटामा पर्दै आएका देउरी, श्रीपुर, दमौटी लगायत त्रियुगा नगरपालिका ४, ५ र ६ नं. वडाबासीलाई वर्षेनी बाढीले सताउने खोलामा पक्की पुल बनेपछि आउजाउ गर्न सहज भएको वडाध्यक्ष उद्धवसिंह थापाले जानकारी दिए ।

    पूर्वाधार विकास कार्यालय प्रमुख (डिई) जितेन्द्रकुमार कर्णका अनुसार गत वर्ष नै पुल निर्माण कार्य सम्पन्न भए पनि स्थानीय तहको निर्बाचनका कारण केही समय ढिला हस्तान्तरण भएको जनाए । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…