• मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रशासनिक भबन १० नं. वडा स्थित भुटानी शरणार्थी शिविरडाँडामा निर्माण प्रकृया अघि बढाउन दबाब दिएका छन् ।
    आज (भदौ १०) प्रशासनिक भवन निर्माण अभियान टोलीले नगर प्रमुख मोहन तुम्बापोसँग भेटेर प्रकृया अघि बढाउन दबाब दिएका हुन् । 
    सो टोलीले शनिबार (भदौ ४) १० नं. वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर राजनीतिक सहमति, संघीय मन्त्रालय, विराटनगर उच्च अदालत र सर्बोच्च अदालतको निर्णयले तोकेको स्थान शिविरडाँडामा भवन बन्नु पर्ने माग माग गरेका थिए ।  
    अभियान्ता रमेश राई, पर्शुराम कार्की, प्रेम ढकाल, भगत थपलिया, टेकबहादुर थापा, मदन पोख्रेल, लक्ष्मी दुलाल लगायतको टोलीले आज नगर प्रमुखलाई भेटेर शिविर डाँडामा भवन बनाउन प्रकृया अघि बढाउन पुनः दबाब दिएका हुन् । 
    शिविर डाँडामा नगरपालिकाको भवन बनाउन अदालत र संघीय मन्त्रालयबाट आदेश आएको छ । यद्यपि सो जग्गा पशुपति सामुदायिक वन क्षेत्र भित्र पर्दछ । अभियान टोलीले सो ठाउँमा भवन निर्माणको लागि नगरपालिकाले औपचारिक रुपमा प्रदेश वन मन्त्रालय लगायतका निकायहरुमा प्रकृया अघि बढाउन अनुरोध गरेका हुन् । 
    वन मन्त्रालय र वन डिभिजन कार्यालयहरुले सो स्थानमा भवन निर्माण गर्न नमिल्ने भनेमा त्यसपछि अर्को विकल्पमा लाग्न (अर्को स्थानमा) आफूहरु तयार रहेको अभियान्ता मध्येका लक्ष्मी दुलालले बताए । 
    अभियान टोलीले नगर प्रमुखलाई भेट्नु अघि आजै १ नं. प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापालाई भेटेर भवन निर्माण र जग्गा बारे बिषय बुझाएका थिए । मन्त्री थापाले नगरपालिका बाट प्रकृया आए आफूले सहयोग गर्ने बताएको एक सहभागीले बताए । 
    नेपाल सरकारको मन्त्रीपरिषद बैठकले २०७१ बैशाख २५ गते पथरी शनिश्चरे नगरपालिका घोषणा गर्दा १० नं. वडाको शिविर डाँडामा केन्द्र तोकिएको थियो । यद्यपि स्थानीय तह पुनसंरचना आयोगले २०७३ फागुन २७ गते तत्कालीन हसन्दह गाबिस पनि यही नगरपालिकामा गाभिदियो । तीन वटा गाविस मिलाएर पथरी शनिश्चरे नगरपालिका घोषणा गर्दा नगरको कार्यालय साबिक पथरी वडा नं. १ (साबिक पथरी गाविसको भवन) लाई कार्यालय रहने स्थल तोकेर पठाएको थियो । यद्यपि आयोगको निर्णयलाई संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयको पत्रले काटेर पुन १० नं. वडा राख्न निर्देशन आएको भगत थपलियाको भनाइ छ । अभियान्ताहरु कै केहीको भने साबिक भनेको शिविरडाँडा नै भएका तर्क पनि छ । 
    भवन निर्माणको स्थानबारे नगर प्रमुख मोहन तुम्बापोले भदौं ५ गते सर्बदलीय बैठक बोलाएका थिए । बैठकमा बिषयबारे बृहत छलफल भएपनि यसै गरौ भनेर निर्णय भएन । 
    स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित नगर प्रमुख मोहन तुम्बापोले नगरको प्रशासनिक भवन बनाउने चासो देखाएपछि पाँच स्थानमा कार्यालय लान पहल भइरहेको छ । 
    पथरी शनिश्चरे १ (हाल भएको स्थल), १० नं. वटा शिविरडाँडा, ४ नं. वडा कार्यालय भएको स्थल, कीर्तिपुर र लामाटोलीमा भवन निर्माण गर्न पहल वा संघर्ष समिति गठन गरेर स्थान प्रस्तावको साथै निशुल्क जग्गा उपलब्ध गराउने प्रस्ताव आएको छ । स्थान टुंङ्गा नलागेपनि भवन बनाउन भने सबै पक्ष सहमत भएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको शनिबार पथरीशनिश्चरे नगरमा भएको छैटौं जिल्ला …

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं। स्थित सुनाखरी माविले विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्दै बि…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित सुनाखरी माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई न्यायो कपडा वितरण…

मोरङ । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई न्यायो कपडा वितरण गरेको छ ।&n…