• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका निजी विद्यालयहरुको अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा न्यु पेगोडा र वाल्मीकि प्रथम भएका छन् । 
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरेले शनिबार आयोजना गरेको अन्तर विद्यालय लोक नृत्य छनौट प्रतियोगितामा जुनियरतर्फ न्यु पेगोडा अंग्रेजी आवासीय मावि र सिनियरतर्फ वाल्मीकि मेमोरियल अंग्रेजी आवासीय मावि प्रथम भएको हो । 
    सात वटा विद्यालय सहभागि भएको जुनियरतर्फ वाल्मीकि मावि दोस्रो र रेडस्टार अंग्रेजी आवासीय मावि तेस्रो भएको छ ।  त्यसैगरी सिनियरतर्फ एभरेष्ट आवासीय मावि दोस्रो, रेडस्टार मावि तेस्रो घोषित भएका छन् । प्रतियोगिताको निर्णयक सुमन योगी र कुमार अनुरागी रहेको प्याब्सन नगर समिति सचिव सन्तोष बस्नेतले बताए । 


    नगरमा पुरस्कार जित्न सफल जुनियर तर्फत टप ३ र सिनियर तर्फबाट टप २ वडा विद्यालयहरु आगामी भदौ १६ गते हुने जिल्ला स्तरीय नृत्यु प्रतियोगितामा सहभागि हुने निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरेले नगर समितिको अध्यक्ष सुरेन्द्र लिम्बूले बताए । 
    बिभिन्न विद्यालयहरुबा सहभागि विद्यार्थी कलाकारहरुले थारू, साकेला, झाँगड, गुरुङ, कौडा लगायतका विभिन्न जातजाति सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । नेपाली लोक संस्कृतिको संरक्षण गर्ने उदेश्यले समुदायगत संस्कृति प्रस्तुत गरिएको प्याब्सन नगर समितिको पूर्ब अध्यक्ष उपेन्द्र कडेलले बताए । 
    पथरीशनिश्चरे १० स्थित अरुणोदय आवासीय मा.वि.को प्रतियोगितामा नगरप्रमुख मोहन तुम्बापो, नगरको शिक्षा बिभाग प्रमुख सालिग्राम काफ्ले लगायतले शुभकामना दिएका थिए । 
    प्रतियोगिता बिजेता समूहलाई कार्यक्रमको प्रमुख अतिथि मोहन तुम्बापो, विद्याल सञ्चालकहरु नोवलकिशोर खनाल, रविन कन्दङ्वा, राजु तिम्सिना, दिनेश पोखरेल, उपेन्द्र कँडेल, चन्द्रप्रसाद दुलाल लगायतका अतिथिहरूको हातबाट ट्रफी, मेडल तथा प्रमाण–पत्र प्रदान गरिएको थियो । 

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…