सुनसरी । राष्ट्रिय बौद्धिक जागरण मञ्चको आयोजनामा शनिबार सुनसरीको इटहरीमा सरसफाइ भएको छ ।
नगर सफा राख्ने उेश्यले अभियान सञ्चालन गरिएको राष्ट्रिय बौद्धिक जागरण मञ्चका केन्द्रीय अध्यक्ष खगेन्द्र श्रेष्ठले बताए । कार्यक्रममा सस्थाको इटहरी सह संयोजक गोमा उप्रेती, समाज सेवी पदम अधिकारी, नेपाल आयुर्बेद औषधी संघ र पातञ्जली योग समितिबाट बिभिन्न ब्यक्तिहरु सहिभागिता रहेको थियो ।
नगर सफा गर्ने काम सरकारको मात्र नभएर नगरबासीको समेत दायित्व भन्दै अभियान सुरुवात गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
कुशे औसि र तिजको अवसरमा सुरु भएको सरसफाइ प्रत्येक शनिबार अभियानको रुपमा लाने योजना रहेको अध्यक्ष खगेन्द्र श्रेष्ठले बताए ।