• खोटाङ, १२ भदौ 

    आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

    जिल्ला कमिटीको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एबं पोलिटव्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए । 

     यस्तै, प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ ।

    प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…