• मुगु, १८ भदौ  

    नेपाली कांग्रेस मुगुका पार्टी सभापति ऐन बहादुर शाहीलाई मंसिर ४ मा हुने निर्वाचनमा  उम्मेदवारको रुपमा सर्वसम्मत नाम सिफारिस गरिएको छ ।   

    शुक्रबार बसेको बैठकले  शाहीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत नाम सिफारिस गरेको पार्टी सचिव लोकेन्द्र बहादुर मल्लले बताए । उनका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधि सभाको खस आर्य समानुपातिक तर्फ पूर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल , महिला समानुपातिक धनसिला मल्ल , र खुल्ला समानुपातिक मिन भामलाई सिफारिस गरेको हो ।


    यस्तै कर्णाली प्रदेश सभा क , अन्तर्गत प्रत्यक्षतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभाको लागि खगेन्द्र बहादुर मल्ल , हरिजंग शाही , तिलक बहादुर मल्ल लाई प्रदेश सभाको लागि नाम सिफारिस गरिएको हो । 


    प्रदेश समानुपातिकतर्फ सुर्यदेवि मल्ल महिला र पिछडिएको क्षेत्र , पदम रावल खस आर्य , लक्ष्मि रावत महिला खस आर्य , भिम तिरुवा दलित , च्यावा लामा जनजाति ,  फुन्जोक लामा जनजाति , रमाईलि रावल ख्ला , र खुम्मेनी विक दलित महिलाको लागि समानुपातिकतर्फ नाम सिफारिस गरेको सचिव मल्लले जानकारी दिए ।

     
    साथै प्रदेशसभा ख अन्तर्गत  प्रत्यक्षतर्फ खड्क बहादुर शाही , रतन बहादुर शाही , र लेक विक्रम शाहको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ जन्मजय भण्डारी खस आर्य पिछडिएको क्षेत्र , महेश गिरी अपाङ्ग , रुपकर्ण शाही महिला , गोमा गिरी महिला , लोक बहादुर शाही खस आर्यबाट सिफारिस गरेको नेपाली कांग्रेस मुगुले जनाएको छ । 


    निर्वाचन क्षेत्र अनुसार प्रदेश क अन्तर्गत छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ्ग गाउपालिका  पर्छन भने प्रदेश ख, अन्तर्गत खत्याड गाउपालिका र सोरु गाउपालिका रहेका छन् ।     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…