• मोरङ । मोरङको पथरीशनिश्चरे १ स्थित पथरी बहुमुखी क्याम्पसमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको नाममा लफडा चलिरहेको छ । 
    असोज ७ गते विप्लव लगायतको बिभिन्न चार वटा कम्युनिष्ट पार्टीहरुले एमसीसी सम्झौता, नेकपासँग भएको ३ बुँदै सहमति कार्यान्वयन नभएको र विप्लव लगायतलाई अदालतले पक्राउ पुर्जि काटिएको विरुद्धमा नेपाल बन्दको आव्हान गरेका थिए । 
    बन्दको आंसिक प्रभाव परेको थियो । सो दिन मोरङको पथरी शनिश्चरे नगरको सम्पूर्ण शैक्षिक संस्थाहरु खुल्ला रहेपनि वडा नं. को ९ सिंहबाहिनी मावि मात्र बन्द गराइको थियो । 
    सिंहबाहिनी पथरी बहुमुखी क्याम्पसमा पढाउने प्रध्यापक धनेन्द्र कार्कीले सोही क्यापसमा अध्ययनरत विद्यार्थी विदुर बस्नेतलाई नक्कली नाम गरेर फोन गर्न लगाएर बन्द गराएको भन्दै लफडा अझै कायम रहेको छ । 
    घनेन्द्र कार्की सिंहबाहिनी माविको कक्षा ११ र १२ को दरबन्दीको शिक्षकसमेत हुन् । कार्कीको निर्देशनमा बिदुर बस्नेतले सिंहबाहिनी माविका हेडमास्टर बिष्णुभक्त भण्डारीलाई फोन सम्पर्क गरी आफू विप्लव नेतृत्वको विद्यार्थी संगठनको मान्छे भन्दै सो दिन (७ भदौ) विद्यालय बन्द गर्न भनेका थिए । बिदुर बस्नेत नेपाल विद्यार्थी संघको पथरी बहुमुखी क्याम्पसको पूर्ब इकाई समिति संयोजक भएपनि हाल स्वतन्त्र रहेको बताउदै आएका छन् । 
    धम्किपूर्ण फोन पछि सिंहबाहिनी मावि बन्द भएको थियो । बिषय अनुसन्धान गर्दै जाँदा फोन गर्ने ब्यक्ति सिंहबाहिनी मावि र पथरी क्याम्पसको प्रध्यापक रहेको खुलेपछि क्याम्पसमा अध्ययनरत बिभिन्न संगठनका विद्यार्थीहरुले फर्जि काम गर्ने कार्कीलाई क्याम्पसमा राख्न नहुने माग गर्दै आएका छन् । 
    आफै पढाउने विद्यालय सिंहबाहिनी र क्याम्पस दुबै सैक्षिक संस्थाबाट यस्ता शिक्षकलाई कारबाही गर्नुपर्ने विद्यार्थीहरुले माग गर्दै आएका छन् । धनेन्द्र कार्की र विदुर बस्नेतले आफूहरुले अञ्जानमा यस्तो काम गरेको भन्दै प्रहरी, नगर प्रमुख मोहन तुम्बापो, क्याम्पस प्रशासन लगायतसँग माफी मागेपनि पथरी क्याम्पसमा अध्ययरत विद्यार्थीहरु दैब भण्डारी, केशर राई लगायतका विभिन्न संगठनका नेताहरुले धनेन्द्र कार्कीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको बुझिएको छ । 
    छलफलका लागि आइतबार (भदौ १९) बिहान विद्यार्थी संगठनलाई बोलाएपनि क्याम्पस संचालक समितिका अध्यक्ष रामकुमार बस्नेत नआएको कारण छलफल नभएको बुझिएको छ । 
    क्याम्पस सञ्चालक समितिले छलफललाई महत्व नदिएर फर्जि फोन गरेर विद्यालय थर्काउने जस्ता अपराध गर्ने ब्यक्तिलाई जोगाउन क्याम्पस प्रशासन र शिक्षक प्रध्यापक संघ नै लागि परेको भन्दै भ्रत्सना गरेको छ । विद्यार्थी संगठनहरुले बिप्लप नेतृत्वको विद्यार्थी संगठनको नाममा फोन गरेर धम्काउदै, त्रसित गराएको संगठनहरुको भनाइ छ । क्याम्पस प्रमुख चेतन पौडेलले भने विद्यार्थी संगठनहरुसँग छलफल गर्ने वातावरण बनाउने बताएका छन् । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…