मोरङ । बाथरुपमा नुहाउदै गरेको किशोरीको नग्न भिडियो खिच्ने एक जनालाई मोरङको पथरीशनिश्चरेबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका २ का ३२ बर्षिय मिलन परियार रहेको छ । पथरीशनिश्चरे बसेर कक्षा ११ बढ्दै गरेकी १६ बर्षिय किशोरी आफन्त घरको बाथरुममा नुहाउदै गर्दा परिवारले भिडियो खिचेका थिए । बाथरुममा नुहाउदै गर्दा परियारले आफ्नो मोबाइलबाट भिडियो खिचेका थिए ।
भ्यान्टिलेसनको सानो छेँडीबाट लुकेर भिडियो खिचिरहेको देखेपछि किशोरी चिच्याउदै बाहिर निस्केकी थिइन । भिडियो खिच्ने परिवारबाट मोबाइल खोसेर ३ मिनेट र १ मिनेटको भिडियो डिलिट गरिएको एक छिमेकीले बताए ।
भिडियो खिच्ने मिलन परियारलाई पक्राउ गरी अभद्र ब्यबहारमा मुद्धा चलाइएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । लुकेर भिडियो खिच्ने परियारको श्रमिति विदेश र एक छोरा साथमा रहेको बुझिएको छ ।