मोरङ । मोरङको इलाका प्रहरी कार्यालय पथरीले चोरी भएको ११ वटा मोबाइल पक्रेर फिर्ता गरेको छ ।
बिभिन्न समयमा चोरी भएको मोबाइल आइएमइआइ () लगायतको माध्यमबाट मोबाइल पक्राउ गरी फिर्ता गरेको हो । चोरी भएको मोबाइल खोजि गरिदिन ३५० भन्दा बढी निवेदन परेकोमा बुधबार पहिलो चरणमा ११ वटा मोबाइल फिर्ता गरेको हो ।
चोरी भएको मोबाइल खोजी (अनुसन्धान)मा फेला परेपछि इप्रका प्रमुख डीएसपी बेदप्रसाद गौतमले पत्रकार भेटघाटको आयोजना गरी मोबाइल धनीलाई फिर्ता गरेका हुन् ।
मोबाइल पाउनेहरुमा पथरीशनिश्चरे–४ का सुरज मगर, २ को बलबहादुर गजमेर, स्वस्तिका धिमाल, ३ का हेमा ढकाल लगायत रहेका छन् । अनुसन्धानको क्रममा १५ भन्दा बढी मोबाइल काठमाडौ, नेपालगञ्ज लगायत बिभिन्न स्थानबाट आउदै गरेको डीएसपी गौतमले बताए ।
मोबाइल राखेको स्थलबाट झ्यालबाट तानेर, कसैको चार्ज गर्दै गरेको स्थलबाट चोरी भएको प्रहरीले जनाएको छ । इन्ड्रोइड मोबाइल चोरी भएपनि आइएमइआइ नम्बर र बिभिन्न एपको माध्यमबाट पत्ता लाग्ने गर्दछ ।