• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा तीन वटा सहकारी संस्था एकीकरणपछि बनेको पथरीशनिश्चरे बचत तथा ऋण सहकारी संस्थाको अहिले (शनिबार) मतदान भइरहेको छ । 
    जय भगवति, तिरुपति र कृतन सहकारी संस्था एकीकरण गरेर पथरीशनिश्चरे बचत तथा ऋण सहकारी संस्था गठन भएको थियो । 
    संस्थाको आज (असोज २५ गते) भएको साधारण सभा पछि नेतृत्वको लागि मतदान (निर्वाचन) भएको हो । 


    अध्यक्षमा नेत्र न्यौपाने, शान्तिराम बराल, उपाध्यक्षमा अर्जुन श्रेष्ठ र खेमराज निरौला, सहसचिवमा केशव विष्ट र पुन्यप्रसाद दाहाल निर्वाचनको मैदानमा रहेका छन् । 
    चार पुरुष सदस्यको लागि पाँच जना भएपछि देबेन्द्र रायमाझी, प्रेम श्रेष्ठ, रमण दाहाल, लक्ष्मी भण्डारी र नृपबहादुर भण्डारी चुनावी मैदानमा छन् । 
    सचिवमा शान्तिराम मिम्सिना, कोषाध्यक्षमा तोयानाथ ढकाल, महिला सदस्यहरुमा कविता ढकाल र पार्वति लामिछाने सर्वसहमत चयन भएको संस्थाको निवर्तमान अध्यक्ष गुरुप्रसाद दाहालले बताए । 
    दुई हजार ६८१ सदस्य रहेको संस्थाको ३ करोड ३९ लाख ८४ हजार ३०० शेयर पुँजी, १४ करोड ७४ लाख ५५ हजार ०६७ बचते र ७४ लाख ३४ हजार ५७० शुद्ध नाफा रहेको आथिक प्रतिवेदनमा उल्लेख छ । 

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…