• मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिले आफ्नौ २१ औं बार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा नगरको जनप्रतिनिधिलाई सम्मान र निम्न वर्गीय उपभोक्ताहरुलाई खाट वितरण गरेको छ । 
    साधारण सभाको शनिबार भएको उद्घाटन कार्यक्रममा पथरीशनिश्चरेका नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, १० वटै वडा अध्यक्षहरु र कार्यपालिका सदस्यलाई सम्मान पत्र प्रदान गरी कार्यकाल सफलताको शुभकामना दिएको छ । 
    सामुदायिक वनका अध्यक्ष मदन पोख्रेल र १ नं. प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको हातबाट सम्मान गरिएको थियो । 

    कार्यक्रममा वन मन्त्री थापाले नगरक्षेत्रको वनलाई पर्यटनको हब बनाउनु पर्ने बताए । वन क्षेत्रलाई एग्रो टुरिजमको रुपमा उद्योग वा उत्पादनसँग जोडनुपर्ने बताए । 
    जंगल, जल जनताको जिन्दगीसँग जोडिएको भन्दै विश्वमा दैनिक बढ्दै गएको तापक्रम जंगलको संरक्षणले मात्र नियन्त्रणमा राख्न संभव हुने मन्त्री थापाको भनाइ थियो । 
    डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहाले वन क्षेत्रमा अत्याधिक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा पर्ने गरेको बताए । साहाले अख्तियारको जाति मुद्धा परेपनि केही नहुने तर्क प्रस्तुत गर्दै धेरै मुद्धा पर्ने गरेको कारण वन कर्मचारीको इनर्जी सोही मुद्धा अनुसन्धानमा खर्च हुनेगरेको बताए । 
    दुई वर्षमा विराटनगरको उच्च अदालतमा ३ वटा र इटहरी अख्तियारमा मुद्धैमुद्धा पर्ने गरेको प्रमुख साहाले बताए । अख्तियारमा परेको मुद्धा अनुसन्धानले हैरान पारेको भन्दै जति मुद्धा परेपनि कानुनमा टेकेर काम गरेको भए केही नहुने साहाको भनाइ थियो । 
    सामुदायिक वनमा पर्नेगरेको मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वनलाई, डिभिजनले सम्बन्धित क्षेत्रको सब डिभिजनलाई नै अनुसन्धान र प्रतिवेदन तयार गर्न जिम्मा दिने गरेको छ । 
    सोही कारण अख्तियारमा पर्ने गरेको मुद्धा त्यति प्रभावकारी देखिदैन । वन कर्मचारीहरुले मुद्धालाई गहिरो छानविन भन्दा पनि झन्जटको रुपमा लिने गरेको अभिब्यक्तिबाट बुझ्न सकिन्छ । 
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ १ नं. प्रदेश समिति सचिव अग्नी पौडेल लगायतले शुभकामना दिएका थिए । 
    डिभिजन वन कार्यालय मोरङका प्रमुख साहाले अर्को प्रसंगमा मोरङको वनमा ३० प्रतिशत मात्र सखुवा रहेको बताए । जिल्लाको वन क्षेत्रमा ७० प्रतिशत कुकाठको वनको रुपमा परिनत भएको बताए । 
    साधारण सभामा निम्न वर्गीय परिवारलाई खाट, विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको थियो । सामुदायिक वनको सहयोगमा लुगा बन्ने, गुडिया लगायतको शिफ बिकास तालिम दिएर उत्पादन सुरु गरेको बताए । साधारण सभाको बन्दसत्र आज (आइतबार) हुने अध्यक्ष मदन पोख्रेलले बताए । 

सम्वन्धित समाचार

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…