२०७४ फागुन २० आइतवार
काठमाडौं : नेकपा एमाले, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालबीच सरकार विस्तार र संविधान संशोधनबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ।
संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
बैठकमा एमालेबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, वामदेव गौतम ईश्वर पोखरेल प्रदीप ज्ञवाली माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठ रामबहादुर थापा बादल र फोरमबाट अध्यक्ष उपेन्द्र यादव रामसहाय यादव, राजेन्द्र श्रेष्ठको सहभागिता रहेको छ।