• धनगढी, ३ असोज
    सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले नागरिकका चाहना अनुसार काम गर्न नसक्दा समग्र व्यवस्थामाथि प्रश्न उठ्न थालेको बताएका छन् ।

    नागरिकका चाहना अनुसार काम गर्न नसक्नुको कारण संविधानको मर्म अनुसार रुपान्तरण हुन नसक्नु रहेको उनको भनाइ छ । संविधान दिवसका अवसरमा सोमबार धनगढीमा अयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले भने, ‘व्यवस्था परिवर्तन भएपनि हाम्रो काम गर्ने शैली पुरानै भयो, पुरानै तरिकाले काम गरेर जनताका चाहना पुरा हुने स्थिति देखिएन, काम गर्ने शैली परिवर्तन हुन जरुरी छ ।’

    व्यवस्था परिवर्तन भए पनि त्यस अनुसार व्यक्ति र शासन गर्ने शैली परिवर्तन नभएको उनले  भने  ‘हामी पुरानै तरिकाले काम गरिरहेका छौं ।  पुरानै शैलीमा काम गरेर जन आकांक्षा पुरा हुन सकेनन्, त्यसलै अहिले व्यवस्था माथीनै प्रश्न उठ्न थालेको छ, यस विषयमा सवै गम्भिर बन्नु जरुरी छ ।’

    मुख्यमन्त्री भट्टले हजारौंको बलिदानी पछि आएको संविधान कार्यान्वयन गर्न र जनअपेक्षा अनुसार काम गर्न राष्ट्रिय एकता अपरिहार्य रहेको बताए । 

सम्वन्धित समाचार

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…