• काठमाडौं । किरात राई यायोक्खा केन्द्रीय समितिको ११ औं महाधिवेशनको बन्दसत्रमा भक्तपुरको बोडे स्थित कृषि तालिम केन्द्रमा दुई दिनदेखि चलिरहेको छ । 

    बन्द सत्रमा २० वटा विदेश संगठनहरु, २३ वटा जिल्ला, आठ वटा भातृ, १९ वटा थरगत भाषिक संस्थाहरुले आफ्नो संगठनको रिर्पोटिङ र सुझाव दिने क्रममा मंसिर ४ गतेको निर्वाचनमा १ नं. प्रदेशको नाम किरात पहिचान आधारमा राख्ने दल र उमेद्वारहरुलाई मत दिनुपर्ने सुझाव राखेका छन् । 

    विदेश संगठन अन्तरर्गत बेलायतका अध्यक्ष योगेस राई, कतारको राजकुमार राई, कुबेतका उमेश राई, भातृ संगठनहरुमा किरात राई विद्यार्थी संघको तर्फबाट शोभित राई, कर्मचारीको महासचिव अनिल किराती, भाषिक संस्थाहरु वान्तावा खिमका अध्यक्ष ज्ञान किराती, वाम्बुलेको तर्फबाट विकास राई, चाम्लिङको महासचिव जीत राई लगायतलै रिर्पोटिङ तथा सुझाव राखेका थिए । 

    बोल्ने क्रममा आगामी मंसिर ४ गतेको निर्वाचन प्रदेश १ को लागि घोषणा पत्रमा किरात पहिचानको आधारमा नाम राख्ने उल्लेख छ, छैन हेर्नुको साथै उमेद्वारको हालसम्मको धारणा बुझेर भोट लागाउनु पर्ने बताएका छन् । 

    करिव ६ सय प्रतिनिधि पर्यवेक्षक रहेको बन्दसत्रमा प्राज्ञिक कार्यपत्रको रुपमा डा.नेत्रमणी दुमी राईले किरात राई समुदायले बोल्ने भाषाहरुको अवस्था, डा. तारामणी राईले सिरिजंगा लिपि बारे, किरात राई प्राज्ञ परिषदको अध्यक्ष जयकुमार राईले राई जाति बारे, भोगिराज चाम्लिङ राईको तर्फबाट किरात राई जातिको इतिहासको दसि प्रमाणहरु लगायत प्रस्तुत र छलफलहुने अध्यक्ष दिवस राईले बताए । 

    सोमबार (आज अपरान्ह)सम्म यायोक्खाको विधान संशोधित मस्यौदा सांगठनिक उपाध्यक्ष जीवन हाताचो राई, किरात अभियानको प्रतिवेदन उपाध्यक्ष तिलकप्रसाद राई, आर्थिक प्रतिवेदन कोषाध्यक्ष देवान राई प्रस्तुत भइरहेको महाधिवेशन मूल आयोजक समितिको अध्यक्ष दिवस राईले बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…